सा’वधान नभए फेरि लकडाउन हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सा’वधानी न’अपनाए ल’कडाउन गर्नु पर्ने अवस्था आउन सक्ने बताएका छन्। नेपाल चेम्बर अफ कमर्शको ७०औं साधारणसभामा बोल्दै प्रधानमन्त्री ओली भारतमा १ लाखभन्दा बढी सक्रमित बढेको भन्दै सचेतना अ’पनाउन सबैलाई आग्रह गरे ।

‘भारतमा अत्याधिक मात्रामा संक्रमितको संख्या बढेको छ र नेपालमा पनि पछिल्लो समय संक्रमितको संख्या बढिरहेको छ,’ ओलीले भने, ‘हामीले सा’वधानी अ’पनाएनौं भने सरकार फेरि लकडाउन गर्न बाध्य हुनेछ ।’सकेसम्म सरकार फेरि लकडाउन गर्ने पक्षमा नरहेको प्रष्ट पादै प्रधानमन्त्री ओलीले सबैलाई स्वास्थ मा’पदन्ड अपनाउन आग्रह गरे ।

उनले मास्क लगाउन, हात धुन, घरबाहिर खाना नखान र बेसार पानी खान आग्रह पनि गरे । “हाम्रो जनजीवनलाई ठ’प्प पनि नगर्ने । सा’वधान भएनौं भने ठ’प्प गर्नुपर्ने स्थिति आउनसक्छ,” उनले भने ।उनले कोभिड-१९ ले अन्य मूलुकमा जस्तो नेपालमा ध’क्का नपरेको दाबी पनि गरे ।

अर्काे प्रसंगमा उनले नेतृत्व सत्यको मार्ग, देश र जनताको स्वा’र्थको मार्ग र इ’मान भएमा मात्रै देश बन्ने बताए । ओलीले आफू स’त्यसँग न’लड्ने, श’क्तिसँग न’झुक्ने सूत्रमा रहेको दा’बी गरे ।