न्यूजिल्याण्डले लगायो भारतीयलाई प्र’तिबन्ध

काठमाडौं। न्यूजिल्याण्डले भारतीयहरुलाई आफ्नो देश प्रवेशमा प्र’तिबन्ध लगाएको छ । भारतमा कोरोनाभाइरसको अ’नियन्त्रित संक्रमणपछि न्यूजिल्याण्डले यस्तो निर्णय गरेको हो । अब ११ अप्रिलदेखि भारतीयलाई न्यूजिल्याण्डमा प्रवेश गर्न दिइने छैन ।

यो रो’क २८ अप्रिलसम्म लागू रहनेछ । प्रधानमन्त्री जे’सिन्डा अर्डनले घोषणा गर्दै देशमा पछिल्लो २४ घण्टामा देखिएका कोरोना संक्रमणका २३ केसमध्ये १७ केस भा’रतीय रहेको बताइन् ।संक्रमित पाइएका १७ जना भारतबाट आएका थिए त्यसैले यस्तो निर्णय गरिएको अर्डनले बताइन् ।

सिंगापुरले पनि भारतमा भाइरस संक्रमणको ब’ढ्दो दर देखिएपछि ८ हजार भारतीयको भिसा रो’किदिएको छ । भिसा रोकिएका भारतीयहरु गत वर्ष कोरोनाकालमा सिंगापुरबाट भारत आएका थिए र अब फेरि सिंगापुर जान चाहन्छन् ।न्यूजिल्याण्डमा विगत केही दिनयता कोरोनाभाइरसका २ हजार ५३१ नयाँ केस भेटिएका छन् ।

प्रधानमन्त्री अर्डनका अनुसार भारतबाट आएकाहरुमा संक्रमण भेटिइरहेकोले यो अस्थायी प्र’तिबन्ध लगाइएको हो । न्यूजिल्याण्डका नागरिकका लागि पनि यो नियम लागू हुनेछ । सरकारले विदेशमा कोरोना संक्रमणका विषयमा ध्यान दिइरहेको र त्यहाँ फैलिने संक्रमणका आधारमा अन्य देशबाट आउन समेत प्र’तिबन्ध लगाउन सकिने प्रधानमन्त्री अर्डनले बताइन् ।