भद्रगोल बाट चर्चा कमाएकी अभिनेत्री तथा मोडल रक्षा श्रेष्ठ आमा बन्दै !

काठमाडौं – हाँस्य टेलसिरियल भद्रगोल र सक्कीगो नी बाट चर्चामा आएकी अभिनेत्री तथा मोडल रक्षा श्रेष्ठ आमा बन्ने तयारीमा छिन् । लामो समय देखि हाँस्य टेलसिरियल र म्युजिक भिडियोमा व्यस्त रहेकी रक्षा ग’र्भ’वती भएकै कारण कलाकारिताबाट ब्रे’क लिने बताइएको छ ।

अघिसम्मकी ‘मोडल रक्षा श्रेष्ठ’ अहिले ‘भद्रगोलकी रक्षा’को नामले परिचित छन् । विगत डेढ वर्षदेखि हास्य टेलिशृंखला भद्रगोलमा आवद्ध भएपछि उनको परि’चय फेरिएको हो । परिचय मात्र फेरिएको छैन, उनको चर्चा पनि चु’लिएको छ । उनी अब पुनः प्रशारण हुन लागेको ‘सक्किगो नि’ मा नदेखिन सक्ने बताइएको छ ।

सुटुक्क विबाह गरेकी रक्षा आमा बन्न लागेको कुरा हालै एक युट्युव अन्तरवार्तामा स’क्कीगो नी टिमले खुलाएका थिए ।करिब १ सय भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी रक्षाले ६५ भन्दा बढी विज्ञापनमा अभिनय गरेकी छिन् । हाँस्यसिरियल सक्कीगो नी मा पनि रक्षा र जिग्रीको जोडीलाई दर्शकले निकै मनपराएका थिए ।

हुन त भद्रगोलमा आउनुअघि उनले दुई दर्जनभन्दा बढी विज्ञापनमा मोडलिङ गरिसकेका थिइन् भने केही म्युजिक भिडियो र र्या’म मोडलिङमा पनि उनको जादु चलेको थियो ।