कोरोना पहिले नाकमा बस्ने हो त्यहीँबाट फा’लिदिएपछि चैट ! : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले को’भिड-१९ संक्रमण जोखिम बढेको भन्दै सा’वधानी अपनाउन आग्रह गरेका छन्। नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा को’भिड संक्रमण दर बढ्दै गएको र खुला सीमानाका कारण नेपालमा पनि जो’खिम बढेकोले सचेत बन्न आग्रह गरे।

उनले अहिले नै सतर्कता नअपनाए जनजीवन ठ’प्प पार्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भई सा’वधानीका उपाय अ’पनाउनुपर्ने बताए। भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा को’भिड संक्रमणबाट जोगिन सकिने बताए।

उनले भने, ‘कोभिड-१९ को सन्दर्भमा म भन्न चाहन्छु। हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं तर बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ यदि हामी सा’वधान भएनौं भने। हामी सावधान हुनुपर्छ अहिलेदेखि, दूरी कायम गर्ने, मास्क लगाउने। किञ्चित हामी कोभिड-१९ लाई अवसर नदिऔं।

मैले भन्ने गरेको छु यहाँबाट फर्किएपछि हामी सबैले हातमुख राम्रोसँग धोऔं।’ प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानी बसाल्दा को’भिड संक्रमणबाट जोगिन सकिने पनि बताए। को’भिड-१९ विरूद्धको खोपले पनि सतप्रतिशत काम नगर्ने भएकाले सा’वधानी अपनाउनु नै सबभन्दा सुरक्षित विधि रहेको बताए।

उनले भने,‘अलि तातोतातो पानी लिँदै ‘न’स’ लिँदै नाक स्या’कस्याक गरेर सफा गरिदिऔं पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहीँबाट फा’लिदिएपछि चैट! नुन पानीले गालगुल गरिदियो, सकिन्छ भने अम्बाका दुइटा पात उमाल्दिऊँ बेसरी गा’लगुल गरिदिऊँ, घाँटीमा बसेको चट, स्टिम लिइदिऊँ, फोक्सोबाट चट, त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ।

अब ह’न्ड्रेड परसेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन। भ्याक्सिनले पनि केही प’रसेन्ट सुरक्षित गर्ने हो केही परसेन्ट बाँकी रहन्छ त्यही केही परसेन्टभित्र परियो भने गैगयो नि। त्यसकारण पूर्ण भन्ने कुरा सतप्रतिशत केही पनि छैन तर हामीले सा’वधानी अपनाउनुपर्छ।’

आफूले को’भिडको बारेमा कुरा गर्दा कतिपयले आफ्नो कुरा गर्नु भन्दै सुझाव दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले को’भिड नियन्त्रण गर्न नसक्दा प्रधानमन्त्रीको आ’लोचना हुने भएकाले आफूले पनि को’भिड ध’पाउनका लागि कुरा गरेको बताए। उनले भने, ‘कतिपयले भन्छन् मलाई, भनिआएका छन्।

आफ्नो कुरा गर्नु नि भनेर। आफ्नो कुरा गर्ने भनेको मान्छेले के बुझेका छन् भने मैले राजनीतिक कुरा गर्नुपर्छ। अनि तपाईंहरूसँग आएर मैले राजनीतिको के भन्ने स’ङ्गठनात्मक कुरा बताउने कि, राजनीतिका दा’उपेचका छन् नि हामी यहाँ छौं वाला कुरा बताउने कि ?

के बताउने, तपाईंहरूलाई ल’ड्डु खान सिकाउने कि ? राजनीति के चाहिँ गर्ने, तपाईंहरूसँग त वि’जनेसका कुरा गर्नुपरेन, व्यापारका कुरा गर्नुपरेन, उद्योग व्यवसायका कुरा गर्नुपरेन, त्यही कुरा गर्नुपर्छ। अब कोभिड-१९ छ को’भिड-१९ को बारेमा कुरै नगर्ने कसरी हुन्छ ? को’भिड-१९ ले देश आक्रामक छ।

भ्या’क्सिन आइपुगेन भने प्रधानमन्त्रीलाई गाली आउँछ, मान्छे बि’मारी भयो प्रधानमन्त्रीलाई गाली आउँछ, निःशुल्क परीक्षण गरिएको छ, निःशुल्क उपचार गरिएको छ। निःशुल्क खोप लगातार चलाइएको छ तर पनि प्रधानमन्त्रीको आलोचना भइराखेको छ भने को’भिड जहाँ लागे पनि प्रधानमन्त्रीलाई ह’मला हुन्छ भने प्रधानमन्त्रीले को’भिडलाई लखेट्नु परेन।

प्रधानमन्त्रीले पनि को’भिडलाई ल’खेट्छ।’ फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले उद्योग व्यवसायलाई सरकारले दिने सेवामा एकद्वार प्रणाली लागू गरिएको बताए। यस्तै, कर्मचारी तन्त्रमा हुने प्रक्रियागत झ’न्झटलाई पनि समाधान गर्दै सरलीकृत बनाउँदै लग्ने प्र’तिवद्धता पनि व्यक्त गरे।

उनले भने, ‘ब्यु’रोक्रया’टिक ह’डल्स, यो प्रक्रियाको ज’न्जालभित्र पर्ने कुरा हो यो ब्यु’रोक्रयाटिक हडल्स। यसलाई पनि सरलीकृत गर्ने। यसमा हामीले अलिकति प्रणालीकै बारेमा, अलिकति प्रक्रियाकै बारेमा पुनर्विचार गर्न जरूरी छ। व्यक्तिलाई मात्रै दो’ष लगाएर हुने स्थिति छैन।’

प्रधानमन्त्री ओलीले उपभोग्य वस्तु आयात गर्नुभन्दा लगानी र प्रविधि आयात गरी नेपालमै उत्पादन बढाउने र निर्यात गर्ने काम गर्न व्यवसायीहरूलाई आग्रह गरे। उत्पादन बढाइ निर्यात बढाउन सके व्यापार सन्तुलन कायम हुने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने पनि प्रधानमन्त्री ओलीले बताए।

उनले भने, ‘हामीले आयात गर्ने कुराहरू ती हुन लगानी र प्रविधि, उत्पादित वस्तु, उपभोग्य वस्तु हामीले आयात गर्ने होइन। अब जहाँसम्म अति जरूरी छ त्यो हालका लागि आयात गर्नुपर्‍यो। तर हाम्रानिम्ति आयात नगरी नहुने कुराबाहेक अनावश्यक चिजहरू आयात गर्नु हुँदैन।

आयात अत्यावश्यक वस्तुको मात्रै, हाम्रो जनजीवनका लागि अत्यावश्यक वस्तुको मात्रै आयात गर्ने अरू कुरा हामी आफैंले उत्पादन गर्ने, उत्पादन बढी गरेर निर्यात गर्ने वा निर्यातमूलक वस्तुहरूको उत्पादन गरेर निर्यात गर्ने। उत्पादन बढाएपछि आयात कम गरेपछि अनावश्यक वस्तुहरू आयात कम गर्‍यो भने अहिले पनि अनावश्यक वस्तुहरू आयात गर्न छो’ड्यौं भने, अनावश्यक वस्तुहरू उपभोग गर्न छोड्यौं भने हाम्रो व्यापार असन्तुलनमा सकारात्मक प्रभाव आइहाल्छ।’

अन्य मुलुकको तुलनामा नेपालको अर्थतन्त्रमा को’भिड-१९ को प्रभाव कम परेको दाबी पनि प्रधानमन्त्री ओलीले गरे। को’भिडको कारण नेपालको पर्यटन क्षेत्र सबभन्दा धेरै प्र’भावित भएको र अर्थतन्त्रमा धक्का भएको भए पनि उठ्नै नसक्ने गरी भने असर नपरेको बताए।

उनले भने, ‘को’भिड १९ को बीचमा पनि हाम्रो अर्थतन्त्र जति अन्यत्र धेरै ठाउँमा ध’क्का पर्‍यो हाम्रो अर्थतन्त्रमा त्यो धक्का पर्न सकेन। ध’क्का परेको छ, पीडा परेको छ, पर्यटन क्षेत्र चौ’पट भएको छ, होटल व्यवसाय चौ’पट भएको छ अरू क्षेत्रहरू पनि धेरै नोक्सान परेका छन्।

त्यसकारण क्षति नभएको होइन तर फेरि पनि हामीलाई त्यति ध’क्का परेको छैन जति विभिन्न देशमा परेको छ। एउटा विश्वकै सं’कटको रूपमा यो म’हामारी आएको छ र यस म’हामारीलाई हामीले नियन्त्रण त गरेका छौं।’ प्रधानमन्त्री ओलीले लामो समय बि’ग्रिएर रहेको अर्थतन्त्रलाई ट्रया’कमा ल्याउन समय लागेको पनि बताए।

तर सरकारले निरन्तर काम गरिरहेकोले विकासका क्रि’याकलापले गति लिएको बताए। उनले भने, ‘सरकारले पर्याप्त सहयोग हिजो गरेन आज छोटो समयमा धेरै बि’ग्रिएको चिजलाई फेरि ट्रया’ककमा ल्याउन अलिकति समय लाग्दैछ। तर समयले अब गति लिँदैछ। हामीले जुन ट्रया’क लिँदैछौं यसले गति लिँदैछ।’