पैसा कमाउन विदेश गएका छविलाल भन्छन खुट्टा गु’माइ बो’झ भएर घर कसरी जाऊ ?

घरबाट फर्किएको ६ महिना नबित्दै सल्यान जिल्ला कपुरकोट गाउँपालिका-४ का छविलाल बुढाले अ’कल्पनीय घ’टना सामाना गर्नु पर्‍यो ।कम्पनीबाट साँझको काम सकेर क्या’म्प जान कतारको समल रोड (१६ नम्बर) मा बाटो काट्ने क्रममा उनी दु’र्घटनामा परे ।

त्यो नमिठो दिन सम्झँदै उनी भन्छन्, ‘२०१७ नोभेम्बर ७ तारिक मेरा लागि कालो दिन नै सि’द्ध भयो । बाटो काट्दै थिएँ, गाडी धेरै स्पिड थियो, गाडीले ठ’क्कर दियो, मलाई ४८ घण्टा सम्म होस नै आएन ।’उनले कतारको ह’माद अस्पतालमा एक हप्ता उपचार पश्चात २ महिना कोठामै आराम गरे ।

दुई महिनाको अवधिमा ४ पटक खुट्टाको श’ल्यक्रिया गर्नु परेको उनले सुनाए ।इ’मर्जेन्सी भएकाले लागेको सबै खर्च कतारको सरकारी अस्पताल ह’मालले नै व्य’होर्‍यो । ५५ सय रियालभन्दा बढी खर्च भएको थियो । उनले अस्पतालबाट डि’स्चार्ज हुँदा एक थान वा’कर र ह्वि’ल चियर पनि पाए ।

अब उनी साङ्ग रहेनन् । ‘सडक दु’र्घटनामा परेपछि खुट्टा काट्न पर्‍यो, मेरो जीवन नै अधुरो भयो,’ उनले टेलिफोन संवादमा भने ।कृतिम खुट्टामा प्ला’ष्टिकको कभर भएकाले घाम, पानी र आगोबाट जोगाउन चिकित्सकले सल्लाह दिएको सुनाउँदै उनले कृतिम खट्टा फे’र्नु पर्ने मिति नजिकिँदै आएकोले चि’न्तित भएको बताए ।

उनले २०१८ मा कृ’तिम खुट्टा हालेका थिए । बै’शाखीको सहाराले यताउता गरेर जीवन धानिरहेका उनी अब फेरि कृतिम खुट्टा हा’ल्न खर्च जुटाउन चाहन्छन् ।तर, उनका लागि खर्च जु’टाउन सजिलो छैन । कृतिम खुट्टाका लागि करिब १४ हजार ५ सय कतारी रि’याल अर्थात करिब ५ लाखभन्दा बढी रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

बुढा सन् २००८ मा कतार छि’रेका थिए । हालसम्म ४ पटक बिदामा घर गएर फर्किएका उनी २०१७ देखि कतारमै रहेका छन् ।एउटा खुट्टा गु’माएका उनले लकडाउन र कोरोना कहरको सामना गर्नुपर्‍यो । ३ छोरासहित ७ जनाको परिवारको जिम्मेवारी बोकेका छविलाल परदेशबाट फर्किन सकेका छैनन् ।

परिवारले स्वदेश र्फकन भन्छन् । तर उनी फर्किन सकेका छैनन् । ‘परिवारले आऊ भनेर भनिरहेको छ, म अशक्त भएँ । अब गएर के गर्नु, खुट्टा फेर्न आर्थिक जोहो पनि गर्न नसक्ने भए, बोझ भएर कसरी जाऊ ?’दुर्घटना गराउने वि’रुद्ध कतारको हा’इकोटमा मु’द्दा लडे पनि हा’इकोटले आफूलाई दो’षी देखाएको छविलाले बताए ।

उनले हा’इकोटले दो’षी देखाएपछि केही क्ष’तिपूर्ति नपाएको गु’नासो गरे ।सडक दु’र्घटनामा खुट्टा गुमाएका छविलाल कतारको अल वाकरास्थित आ’ईटीसीसी (इ’मपिरियल ट्रे’डिङ एण्ड क्न्ट्रा’क्टिङ) कम्पनीको स्का’फो’ल्डिङ्मा काम गर्थे । खुट्टा गु’माएपछि छविलाल हाल कम्पनीकै स्टोरमा ह’ल्काफु’ल्का काम गरिरहेका छन् ।उनलाई चिकित्सकले ५ केजीभन्दा माथिको तौल नउठाउन भनेका छन् ।

परदेशमा उनी अहिले जीवन जीउनकै लागि सं’घर्ष गरिरहेका छन् ।यसैबीच सडक दु’र्घटनामा खुट्टा गु’माएका छविलाललाई एनआरएनए कतारले हृ’विल चि’यर प्रदान गरेको छ ।गै’रआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले समन्वय गरी हृवि’लचियर प्रदान गरेको हो ।लामो समयदेखि कतारमा कार्यरत बुढालाई त्यहाँको प’रोपकारी संस्था कतार रे’डक्रिसेन्टले उक्त हृवि’ल चि’यर उपलब्ध गराएको थियोे ।

गै’रआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अध्यक्ष मोहम्मद मु’क्तदा मु’सलमानले छविलालको अ’फिसियल ड’कुमेन्ट उपलब्धपछि कृ’त्रिम खुट्टा ज’डान गर्ने कार्यमा सहयोग गर्ने बताए ।संघ अध्यक्ष मुसलमानले छविलाल जस्ता स’मस्यामा रहेका अन्य नेपालीलाई पनि गै’रआवासीय नेपाली संघ कतारले सहयोग गरिरहेको बताए ।