विद्यालय कोरोनाको उच्च जो’खिममा , एकैदिन यति धेरै बालबालिका सङ्क्रमित

काठमाण्डाै – स्कुले बालबालिका कोरोना भाइरस सङ्क्रमणको उच्च जो’खिममा परेका छन् ।कोरोनाको नयाँ भेरियन्ट बालबालिकामा देखिने क्रम बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसले विद्यालय क्षेत्र पनि कोरोनाको उच्च जो’खिममा परेको छ ।

काठमाण्डौ, पोखरालगायतका ठूला सहरका विद्यालयमा सङ्क्रमणको जो’खिम उच्च रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताउनुभयो । यसअघि सरकारले ज्येष्ठ नागरिक र दी’र्घरो’घीलाई उच्च जो’खिमयुक्त वर्गमा राखेको थियो ।तर, पछिल्लो समय भने बालबालिका पनि उच्च जो’खिममा परेका उहाँले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका अनुसार हिजो एकैदिन १८ वर्षमुनिका ५१ जना बालबालिका सङ्क्रमित भएका छन् । १८ वर्षमुनिका व्यक्तिमा सङ्क्रमणदर उल्लेख्य वृद्धि हुँदै गएको छ ।मन्त्रालयको पछिल्लो तथ्याङ्कले १८ वर्षमुनिका व्यक्तिमा सङ्क्रमणदर बढेर १६ प्रतिशत पुगेको देखाएको छ ।

१८ वर्षभन्दा मुनिका व्यक्तिलाई कोरोनाको नयाँ भे’रियन्ट देखिने क्रम बढेकाले शैक्षिक संस्थामा स्वास्थ्य सुरक्षाका मा’पदण्ड पालनामा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ । भारतमा पनि बालबालिका र युवामा कोरोनाको नयाँ भे’रियन्टको जो’खिम उच्च छ ।भारतसँग खुला सिमानाका रहेकाले नेपालमा सङ्क्रमणको जोखिम धेरै छ ।

नेपाल, बेलायतमा देखिएको कोरोनाको भेरियन्टसँग मिल्दोजुल्दो भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पनि बढिरहेको छ । स्वास्थ्य विज्ञले घरबाट बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न र बेलाबेलामा साबुनपानीले हात धुन तथा भी’डभाडमा नजान आग्रह गर्दै आएका छन् ।