सुनको सिक्री र लेडिज ब्याग लुटेर बाइकमा हुइकिने ३० वर्षीय युवा पक्राउ

काठमाडौं । सुनसरीको ईटहरीमा सुनको सिक्री र लेडिज ब्याग लु’टेर आ’तंक मच्चाउने बिजु मोतेलाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक घर भएका ३० वर्षीय बिजुलाई ईटरही उप–महानगरपालिका–६ बाट पक्राउ गरिएको ईटहरीका डिएसपी अर्जुन केसीले बताए ।

मोरङको केराबारी गाउँपालिका–९ मा डेरा गरेर बस्ने बिजुले ईटहरीमा लुट आ’तंक मच्चाउँदै आएका थिए ।पसल ब’न्द गरेर घर फर्किने महिलालाई टार्गेट गरेर उनले सिक्री र झोला लु’ट्ने गरेका थिए । को.८प १२३६ नम्बरको मोटरसाईकलमा चढेर उनले हिँड्दै गरेको अवस्थामा लु’टेर भाग्ने गरेको डिएसपी केसीले बताएका छन् ।

‘साँझपख पसल ब’न्द गरेर हिँडेका महिलालाई उनले टा’र्गेट गर्ने गरेका थिए’ डिएसपी केसी भन्छन्–‘सुन र पैसा लु’टेको ७ वटा घटनाका पि’डीतहरु हाम्रो सम्पर्कमा आएका छन् ।’ ०७७ पुसपछि उनले ईटहरीमा ७ ठाउँमा लु’टपाट गरेका हुन् ।मोटरसाईकलमा एक्लै हिँड्ने बिजुलाई लामो स’र्भिलेन्स पछि ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको हो ।

उनीवि’रुद्ध प्रहरीले चोरी मु’द्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।गत पुस २५ मा ईटहरी–९ बिपी चोकमा एकजना महिलाको ले’डिज ब्याग ता’नेर उनले ३ लाख नगद लु’टेका थिए । झोलामा टार्गेट गर्ने बिजु झोला न’बोक्ने महिला बाटोमा भेटिए सिक्री लुटेर मोटरसाईकलमा हुँ’ईकिन्थे ।