पूर्वराजा ज्ञानेन्द्रले दरबार र नेपाली झण्डा टाँ’गिएको रथमा चढेर शा’हीस्नान गर्ने

नयाँदिल्ली– भारत सरकारको निम्तो स्वि’कार गर्दै ह’रिद्धारमा १२ वर्षपछि लागेको कु’म्भमेलामा सहभागी हुन नेपालबाट यहाँ आएका पूर्वराजा ज्ञानेन्द्र शाह र’थारोहणसहित शा’हीस्नान गर्दैछन्। पूर्वरानी कोमल शाहसहित उनी बिहीबार बिहान राजधानी नयाँदिल्ली आइपुगेका थिए।

पूर्वराजा शाह शनिबार ह’रिद्धार पुग्दैछन्। यसका लागि भारत सरकारले सु’रक्षाव्यवस्था चु’स्त बनाएको छ। उनलाई ह’रिद्धारका मुख्यमन्त्री ति’र्थसिंह रावतले स्वागत गर्ने कार्यक्रम रहेको छ। उनलाई रथमा राखेर स्नान गर्ने ठाउँसम्म पु’र्याउने कार्यक्रम रहेको आयोजक कमिटीका एक सदस्यले जानकारी गराए।

पूर्वराजाको शा’हीस्नानको कार्यक्रम सोमबार रहेको छ। र’थका पछाडि दरबारको रातो झण्डा तथा नेपाली झण्डा राखिनेछ। पूर्वराजाको स्वागतमा के’दारनाथका पी’ठाधीस, सा’धु तथा सन्त पनि शा’हीस्नान हुने ठाउँमा उपस्थित हुने बताइएको छ। बिएल नेपाली सेवा