२५ जनाभन्दा बढी भेला नहुन स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । पछिल्लो समय विद्यार्थी तथा कम उमेरका व्यक्तिलाई कोरोना भाइरस संक्रमण ब’ढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय तथा भी’ड हुने क्षेत्र ब’न्द गर्न सरकारलाई सिफारिस गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले संक्रमण दिनदिनै बढ्दै गएकाले विद्यालयसहित भी’ड हुने क्षेत्र केही समयका लागि ब’न्द गर्न आफूहरुले को’भिड-१९ सं’कट ब्यवस्थापन संचालन केन्द्र(सिसिएमसि) लाई सिफारिस गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार २५ जनाभन्दा बढी भेला हुने क्षेत्र, स्वास्थ्य मा’पदण्ड पालना गर्न नसकिने स्थानहरु ब’न्द गर्न बुधबार नै सिसिएमसिलाई सिफारिस गरिएको हाे ।अहिलेको स्थितिमा विद्यालय ब’न्द गरेर अनलाइनबाटै पठनपाठन सञ्चालन गर्न आफूहरुले सिफारिस गरेको उहाँले बताउनुभयो ।सिफारिसमा सिनेमा हल, रेस्टुरेन्ट, पार्टी प्यालेस, स्वि’मङ पुल लगायत ब’न्द गर्नुपर्ने उल्लेख गरिएको छ ।

केही महिनादेखि विद्यालय तथा कलेज भौतिक उपस्थितिमा नै खु’लिरहेको छ भने पार्टी प्यालेस , रेस्टुरेन्टहरुमा भी’ड देखिन थालेको छ । बिहीबार नेपालमा ३ सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । केही दिनयता देखिएका संक्रमितहरु बेलायतको नयाँ भे’रियन्टसँग मि’ल्दोजुल्दो रहेको मन्त्रालयले जनाएको छ ।