नायिका स्वेता खड्का ‘प्रवल जनसेवा चतुर्थ श्रेणी’ पदकबाट सम्मानित, लेखिन यस्तो स्टाटस –

काठमाण्डौं । नायिका स्वेता खड्का ‘प्रवल जनसेवा चतुर्थ श्रेणी’ पदकबाट सम्मानित भएकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार उनलाई पदकबाट सम्मान गरेकी हुन्।

पुरस्कारबाट सम्मानित भएपछि स्वेताले कर्म गरे फल पाइँने कुरा लेखेकी छन्। उनले सामाजिक सञ्जालमा पदकबाट वि’भूषित हुँदै गर्दा उनले आफ्नो राष्ट्र र समाजको लागि अझै श’सक्त भएर अगाडि बढ्न थप प्रेरणा मिलेको उल्लेख गरेकी छन्।

उनि अगाडि लेख्छिन्, ‘मेरो कर्तव्य पथमा आइपर्ने स’मस्या, चु’नौती, बा’धा अनि अ’ड्चनहरुलाई प’न्छाउँदै निरन्तर पाइला चारिहन उत्साहित गर्ने यो पदकको मान र मर्यादालाई कायम राख्ने वाचाका साथ नेपाल सरकार लगायत मलाई साथ, सल्लाह, सुझाव र हौसला प्रदान गर्ने सम्पूर्ण इष्ट–मित्र, सञ्चारकर्मी, सहकर्मी लगायत सम्पूर्ण शुभचिन्तकहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु।’