अमेरिका र ईरानबीच तनाव:खाडीमा रहेका नेपालीलाई दूतावाससँग सम्पर्कमा रहन आग्रह

काठमाण्डाै – अमेरिका र ईरानबीच त’नाव बढेसँगै खाडी क्षेत्रमा रहेका नेपालीबारे चि’न्ता सुरु भएको छ । दुई देशको त’नाव बढ्दा ईरान र इराकसँगै मध्य पूर्वका अरु देशमा पनि अ’सर पर्ने भएकाले ती देशमा रहेका नेपालीबारे चि’न्ता सुरु भएको हो । यस विषयमा परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सु’रक्षा मन्त्रालयबीच आइतबार छलफल भएको छ । सम्बन्धित दूतावासलाई त्यहाँको परिस्थितिबारे बुझ्न र स’मस्या बढेमा अपनाउनुपर्ने उपायबारे स’जक रहन भनिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै खाडीमा कार्यरत नेपालीलाई दूतावासको सम्पर्कमा रहन पनि सरकारले अनुरोध गरेको छ ।परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुसार सम्बन्धित देशमा रहेका नेपाली दूतावास र ती देश हेर्ने अरु दूतावासलाई त्यहाँ कार्यरत नेपालीसँग सम्पर्क गर्न भनिएको छ ।‘नेपाली नागरिकसँग सम्पर्क गर्न र सु’रक्षित हिसाबले बस्नको लागि अनुरोध गर्न सम्बन्धित दूतावासलाई भनेका छौँ’, उहाँले भन्नुभयो, ‘ती देशको अवस्थाबारे नियमित सरकारलाई जानकारी गराउन पनि निर्देशन दिएका छौँ । खाडी देशमा निकै धेरै सङ्ख्यामा नेपालीहरु रहेकाले उनीहरुको सुरक्षामा सरकारले प्राथमिकता राखेको छ ।’

सरकारले इराकमा काम गर्न रोक लगाए पनि त्यहाँ अ’वैधानिक बाटोबाट पुगेका १५ हजारभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ । इरानमा कति नेपाली छन् भन्ने यकिन तथ्याङ्क छैन । मध्य–पूर्वका अरु देशमध्ये साउदीमा झण्डै चार लाख र कतारमा साढे तीन लाखभन्दा बढी नेपाली छन् । यूएईमा दुई लाख ५० हजार, कुवेतमा ७० हजार, ओमानमा २० हजार, बहराइनमा २५ हजार, लेबनानमा १२ हजार, जोडर्नमा १२ हजार र इजरायलमा तीन हजार नेपाली रहेको तथ्याङ्क छ । अमेरिका र इरानबीच द्व’न्द्व ब’ढिरहँदा यसबाट इराक र इरानसँगै मध्य–पूर्वका देशहरुमा अ’सर पर्छ ।

ती देशमा लाखौँ नेपाली रोजगारीको सिलसिलामा पुगेका छन् । द्वन्द्व चर्किंदा त्यहाँ रहेका नेपालीलाई प्रत्यक्ष अ’सुरक्षा बढ्ने त छँदैछ । यसले देशको अर्थतन्त्रलाई समेत प्र’भावित पार्न सक्ने देखिएको छ । साउदी, कतार, मलेसिया, यूएई, बहराइन, कुबेत, इजरायल र लेबलान लगायतका देशबाट नेपालमा बर्सेनि तीन खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिँदै आएको छ ।