कमिलाले सुनको सिक्री बोकेर हिँडेपछि…(भिडियो)

कमिला फर्म सिडी परिवारमा पर्ने एक प्रकारको सामाजिक किरा हो। यो बारुला र मौरीसँग सम्बन्धित हुन्छ। कमिलाहरू कोलोनी वा समूह बनाएर बस्ने गर्छन्। कमिलाहरू धेरै प्रजातिका हुन्छन् । कुनै प्रजातिका कमिलाहरू ठुला पनि हुन सक्छन् ।

एक समूहमा हजारौँ कमिलाहरू हुन सक्छन् ।कमिलाहरूलाई विशिष्ट मानिन्छ किनकी यिनिहरू एक भएर अथवा मिलेर काम गर्छन् । यिनिहरू को समूहलाई एउटा राज्य मान्न सकिन्छ । यसमा एक वा त्यो भन्दा धेरै रानी, श्रमिक कमिला, अण्डा, लार्वा र प्यूपा सामेल छन् ।

कमिला आफ्नो शरीरको आकार र वजनभन्दा पनि धेरै तौलको सामान एक्लै उठाउन सक्छ ।अहिले सोसल मिडियामा यस्तै एउटा भिडियो भाइरल बनिरहेको छ । यो भिडियो हेरेपछि तपाई पनि अचम्मित हुनुहुनेछ । भिडियोमा कमिलाको एक ताँती सुनको चेन लिएर गइरहेको देख्न सकिन्छ ।

भिडियोमा केही साना कमिलाहरु एउटा सुनको चेन लिएर हिँडिरहेको देख्न सकिन्छ । यो भिडियो सोसल मिडियामा अहिले अत्याधिक भाइरल बनिरहेको छ । मानिसहरु भिडियो हेरिसकेपछि अचम्मित भएका छन् । भिडियो हेर्नुहोस्ः । भिडियो