कोरोनाले खो’स्यो विनयको खुशी, ३ महिनाकी छोरी बनिन टु’हुरी !

नेपालगन्ज । पहिलो चरणको कोरोना महामारीका बेला उनी ’गर्भ’वती थिइन् । दाङको तुल्सीपुरस्थित लाइफकेयर हस्पिटलमा कार्यरत उनले संक्रमितलाई देखेकी मात्र नभई सेवा पनि गरेकी थिइन् ।ग’र्भ आठ महिनाको भएपछि सुरक्षित प्र’सूतिका लागि जागिर छाडिन् ।

स्वस्थ छोरीलाई जन्म दिएकी २० वर्षीया अनिशा वली आफैं नर्स भएकाले कोरोना संक्रमणप्रति सतर्क थिइन् ।सुत्केरी अवस्थामा दाङ तुल्सीपुर–११ स्थित माइती गइन् । उनै वलीको सोमबार कोरोना संक्रमणका कारण नि’धन भएको छ ।‘तुल्सीपुरले घोराही पठायो ।

घोराहीको अस्पतालले पीसीआर पनि गरेन, भर्ना गर्न पनि मानेन,’ अनिशाका पति विनय कार्कीले भने, ‘समयमै उपचार भएको भए बाँ’च्ने थिइन्, अरूको सेवा गर्ने मान्छेले यसरी उपचार नै नपाएर ज्यान गु’माउनुपर्‍यो ।’विनय सवारीचालक हुन् । आफ्नो गाडी आफैं चलाउने भएकाले विनय र अनिशाबीच छोरी ६र७ महिनाको हुन्जेल माइतीमा बस्ने सल्लाह थियो ।

अ’चानक पत्नी गु’माउनुपर्दा विनय स्त’ब्ध छन् ।नेपालगन्जमा सोमबारै पत्नीको दा’हसं’स्कार सकेर उनी तीन महिनाकी छोरी स्या’हार्न दाङ फर्किएका छन् । उनी आफैं पनि संक्रमित छन् ।छोरीमा अहिलेसम्म संक्रमणको लक्षण नदेखिएको उनले बताए ।अनिशाले गत फागुनमा छोरीलाई जन्म दिएकी हुन् ।

माइतीमा बुबालाई कोरोना संक्रमण पुष्टि भयो ।केही दिनपछि उनकी आमालाई पनि संक्रमण देखियो । आमालाई नेपालगन्जमा ल्याइयो ।बिस्तारै अनिशालाई पनि रु’घाखो’कीले च्या’प्दै गयो । आमाबुबाको स्वास्थ्यको चि’न्ता गरिरहेकी उनले आफूलाई भएको बि’स’न्चोबारे भेउ नै पाइनन् ।

गत चैत २८ मा रु’घाखो’कीले निकै च्या’प्दै गएपछि उनी एक निजी क्लिनिकमा चे’कअपका लागि पुगेकी थिइन् । डाक्टरले पी’सीआर गर्न सुझाए । आमाको स्वास्थ्य अवस्थाप्रति चि’न्तित उनले आफ्ना लागि हतार गरिनन् । यो समाचार आजको कान्तिपुर दैनिकमा रूपा गहतराजले लेखेकी छन् ।

‘सामान्य रु’घाखो’की हो भन्दै औ’ष’धि खाइछन्, चैत ३१ गते दाइको फोन आएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रि–आ’इसोलेसनमा ल्याएर राख्यौं,’ आफन्त दोर्ण वलीले भने, ‘ढिलो पुगेकाले त्यो दिन पीसीआर गर्न पाइएन । फेरि राप्ती ला’इफकेयर हस्पिटलमा लगेर अ’क्सिजन दिएर राख्यौं ।’

गत बुधबार नेपालगन्जको मेडिकल कलेजमा पीसीआर गर्दा कोरोना देखिएपछि भने उनको उपचार भेरी अस्पताल नेपालगन्जमा सुरु गरिएको थियो । ‘अवस्था क्रि’टि’क’ल नै थियो । भेन्टिलेटरमा उपचार गराइरहेका थियौं,’ भेरी अस्पतालका मेसु डा.प्रकाश थापाले भने, ‘६ दिनदेखि उपचारमा हुनुहुन्थ्यो तर ब’चाउन सकिएन ।’

राप्ती लाइफ के’यर नर्सिङ क्याम्पसमा नर्सिङ पढेकी अनिशाले पढाइ सकेलगत्तै जागिर खाएकी थिइन् । छोरीको वि’योगबीच पत्नीको भे’न्टिलेटरमा उपचार गराइरहेका अनिशाका पिता सन्तोष वली पी’डामै छटपटाइरहेका छन् । ‘छोरो लमहीको बेलझुन्डी अस्पतालमा उपचाररत छ । छोरीलाई कोरोनाले लग्यो,’ उनले भने, ‘दै’वले पनि एउटै मान्छेलाई कति चु’ट्न सकेको ?’भिडियो