अष्ट्रेलियाको सिड्नीमा एउटा घर किनेर पाँच महिना पछि बेच्दा १ मिलियन डलर फाइदा !

सिड्नी। अष्ट्रेलियाको सिड्नीमा घरजग्गाको मूल्य बढिरहेको छ। तर एक जना घर खरिद-बिक्रि कर्ताले भने एउटा घरबाट अरुले कल्पना नै गर्न सकेको फाइदा कमाएका छन्।

ती व्यक्तिले Marsfield मा रहेको उक्त घर गत नोभेम्बर महिनामा १.७२ मिलियन डलरमा किनेका थिए।

गत आइतबार उक्त घर २.७४ मिलियन डलरको अक्सनमा बिक्रि भएको सेभेन न्युजले उल्लेख गरेको छ। उक्त घर किनिसकेपछि ती व्यक्तिले त्यहाँ डुप्लेक्स निर्माणका लागि स्वीकृति लिए।

पछिल्लो समय बढिरहेको घरजग्गाको मूल्य र डुप्लेक्स निर्माणका लागि स्वीकृति पाएको ठाउँ भएका कारण उक्त घर महँगोमा बिक्रि भएको बताइएको छ। उक्त घर एक बिल्डरले किनेका हुन्।