बजाजले भारतमा सार्वजनिक गर्‍यो ‘एनएस १२५’, यस्तो छ मूल्य

काठमाडौं । बजाजले पल्सर एनएस सिरिजमा नयाँ १२५ सीसी क्षमताको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक गरेको छ । यसअघि एनएस १६० र २०० सीसीमा मात्रै उपलब्ध रहेको थियो, अबभने १२५ सीसीमा पनि आएको हो ।

बजाजले भारतमा चुपचाप सार्वजनिक गरेको एनएस १२५ को मूल्य ९३ हजार ६९० भारु तोकेको छ । जुन पल्सर १२५ को तुलनामा १० हजार ७०१ भारतीय रुपैयाँले बढी हो ।विभिन्न ४ कलर अप्सनमा आएको पल्सर एनएस १२५ विच व्ल्यू, फेयरी ओरेन्ज, वर्नट रेड र पिटर ग्रे कलर अप्सनमा उपलब्ध रहेको छ ।

कम्पनीले नयाँ पल्सर एनएस १२५ लाई एनएस १६० कै बडी डिजाइनमा तयार गरेको छ । तर, धेरै हदसम्म मोडिफाइ गरेजस्तो देखिने एनएस १२५ मा १२४.४५ सीसीको सिंगल सिलिण्डर एयरकुल्ड, २ भल्भ इलेक्ट्रोनिक्स कार्बुरेटर इन्जिनको प्रयोग गरेको छ ।उक्त इन्जिनले अधिकतम ११.९९ पीएस पावर र ११ एनएम टर्क प्रदान गर्छ ।

यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।एनएस १२५ को अगाडि टेलिस्कोपिक फर्क र पछाडि निट्रो मोनोशक रहेको मोटरसाइलको अगाडि २४० एमएमको डिस्क र पछाडि १३० एमएमको ड्रम ब्रेक दिइएको छ । कम्बी ब्रेकिङ सिस्टम, १७ इन्चको अलोय ह्वील, १२ लिटरको इन्धन ट्याङ्क, १७९ एमएमको ग्राउन्ड क्लियरेन्स यसमा पाउन सकिन्छ ।

ट्याङगुलर हेलोजिन हेडल्याम्प, सेमि डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, एलइडी टेल ल्याम्प, वल्व इन्डिकेटर जस्ता विशेषता बजाजले एनएस १२५मा दिएको छ ।बजाजको आधिकारीक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले यसलाई नेपाल ल्याउने हो भने २ लाख ६० हजार हाराहारीमा नेपाली बजारमा विक्री गर्न सक्ने देखिन्छ ।