आइजिपी नै हेटक्वार्टरमा गयल

काडमाडौं । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल करिब दुई सातादेखि कार्यालय गएका छैनन् । बिरामी भएर होइन सशस्त्र प्रहरीभित्रको अस्वस्थ राजनीतिले गर्दा उनी कार्यालय नगएका हुन् ।सशस्त्र प्रहरी बलका दुवै एआइजीको चार वर्षे पदावधि दुई सातापछि सकिदैछ ।

एआइजीको पदावधि महानिरीक्षकको सिफारिसमा सरकारले एक वर्ष थप्न सक्ने प्रावधान छ । तर, महानिरीक्षक खनाल एआइजीद्वय पुष्पराम केसी र रामशरण पौडेलको कार्यकाल नथप्ने पक्षमा छन् । सोहीकारण उनी कार्यालय जान छाडेका हुन् ।एआइजीद्वय केसी र पौडेल खनालकै ब्याची हुन् ।

एउटै ब्याची भएकाले उनीहरुबीच टकराव समेत छ । त्यही टकरावको कारण खनालले उनीहरुलाई अवकाश गराउन खोजेका छन् । सामान्यतया सशस्त्रमा डिआइजी र एआइजीको पदावधि एक वर्ष थप हुने गरेको छ । तर, खनाल जसरी पनि रो’क्ने अभियानमा लागेपछि सशस्त्र नेतृत्वमा ट’कराव बढेको हो ।

आइजिपीले अवकाश दिने चाल खेलेपछि एआइजीद्वय भने श’क्तिकेन्द्र धा’उन थालेका छन् । अहिले पदावधि थप भए एआइजी केसी खनालको अवकाशपछि २१ दिन महानिरीक्षक हुनेछन् । उनको श’क्तिकेन्द्रसँग पहुँच छ । जसकारण उनी यतिबेला जसरी पनि आफ्नो पदावधि थप्ने दौडधुपमा छन् ।

प्रहरी महानिरीक्षक खनालको कार्यालय २०७८को चैत २९ मा सकिने छ । त्यसपछिको २१ दिन केसीको सम्भावना छ । त्यसपछिको अवस्थामा खड्ग राई र मन्दिप श्रेष्ठमध्ये एक महानिरीक्षक हुने देखिन्छ । दुई एआइजीलाई अवकाश दिएर उनीहरुलाई एआइजीमा ब’ढुवा गर्ने चलखेल यतिबेला चलिरहेको छ । यदी यो खेल सफल नभएमा राई र श्रेष्ठको पनि डिआइजीको कार्यकाल थप हुनुपर्छ ।

संगठनभित्र चरम विकृति-नेतृत्वमा टकराव चलिरहँदा सशस्त्र प्रहरीभित्र भने चरम वि’कृति बढेको छ । कतिसम्म भने राजीनामा स्वीकृत भइसकेका प्रहरीलाई समेत फेरि जागिरमा जोडिएको छ । प्रहरी जवान सुरेश यादवको राजीनामा गत २८ कात्तिकमा एसएसपी श्याम कोइरालाले स्वीकृत गरेका थिए ।

तर, अहिले पनि यादबले जागिर खाइरहेका छन् । हाल उनी प्यूठानस्थित गु’ल्ममा छन् ।त्यतिबेला स’मस्यामा परेर राजीनामा दिएका यादबले महानिरीक्षक खनालका भाइ भुवन खनालमार्फत फेरि जागिर जोडेका हुन् । जबकि, उनको राजीनामा स्वीकृत भएको पत्र प्रहरी कि’ताबखानामा समेत पुगिसकेको थियो ।

जवान यादब रुपन्देहीमा रहँदा घु’मुवाका रुपमा काम गरी अ’कूत कमाएका प्रहरी हुन् । त्यही बेला महानिरीक्षक खनालका भाइ भुवनसँग उनको साँ’ठगाँठ भएको थियो । भुवनले म’णिग्राम होटल बनाउँदा यादबले त’स्करीको निर्माण सामाग्री दिएर सहयोग गरेका थिए ।

अ’वै’ध धन्दाको पो’ल खोलिदिने ध’म्की दिएर यादबले उनी भुवनमार्फत फेरि जागिर जोडेको र हाजिर नै नभएको चार महिनाको समेत तबल लिएको स्रोत बताउँछ ।त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा डिएसपी दीपेन्द्र कुँवरलाई नियमविपरीत स्टाफ कलेजमा पठाइएको छ ।

स्टाफ कलेजको प्रवेश परीक्षामा असफल भएका कुँवरलाई सेनाको स्टाफ कलेजमा पठाइएको हो । उनी कांग्रेस सभापति देउवाका पिए भानु देउवाका ज्वाइँ हुन् । स्टाफ कलेज नगरेका अधिकृतको एसएसपीभन्दा माथि ब’ढुवा नहुने भएकाले व्यक्तिका लागि स्टाफ कलेजसम्बन्धि नियम नै सशंोधन गरिएको हो ।

उता सशस्त्र प्रहरी मुख्यालयमा वर्षाैदेखि एकै व्यक्ति महत्वपूर्ण पदमा छन् । कर्मचारी प्रशासन शाखाा डिएसपी रमेश शाही छन् । जो सेटिङमा माहिर मानिन्छन् । त्यस्तै आर्थिक प्रशासन शाखामा इन्सपेक्टर गणेश मल्ल एक दशकदेखि कार्यरत छन् । आर्थिक प्रशासनबाट उनले करोड भन्दा धेरै कमाइसकेको सशस्त्र प्रहरी अधिकारीहरु बताउँछन् ।दृष्टि बाट