हजारौको भि’डमा मन्त्रि अतिथि !

कोरोना संक्रमण बढेपछि सरकारले शहरी क्षेत्रका स्कूलहरु ब’न्द गराएको छ भने सभा–स’म्मेलन, जात्रा लगायत भी’डभाड हुने कार्यक्रम गर्न रो’क लगाएको छ ।मन्त्रिपरिषदले सोमबार गरेको निर्णयमा मठ–मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा पनि वैशाख मसान्तसम्म नित्य पूजा मात्र गर्ने/गराउने उल्लेख छ ।

तर प्रधानमन्त्री र मन्त्रीहरु नै मन्त्रिपरिषद्को निर्णय उल्लंघनमा अ’ग्रसर देखिएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा माडी अयोध्याधाम, चितवनमा स्थापना गर्न राम–सीताका मूर्ति हस्तान्तरण गर्न धार्मिक अनुष्ठान गरे ।राम, सीता, लक्ष्मण र हनुमानसहितका मूर्तिहरु रथमा राखेर ला’वालस्करसहित मंगलबार राति देवघा’ट ल्याइएको थियो ।

बुधबार चैते दशैंको अवसर पारेर राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना कार्यक्रममा हजारौं मानिस सहभागी थिए । माडीको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, वागमती प्रदेशका मुख्यमन्त्री, वागमती प्रदेशका प्रमुख, प्रदेश नंं. २ का प्रमुख, सांसद, नगर प्रमुखहरुको समेत सहभागिता थियो ।

बाजागाजा, नाचगानसहित भएको कार्यक्रममा हजारौं सहभागी भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न स’म्भव थिएन ।अझै अनौठो त के भने मूर्ति स्थापना कार्यक्रमको अतिथि थिए, जो कोरोना म’हामारीको पहिलो लहर रहँदा स्वास्थ्यमन्त्री रहेका संस्कृतिमन्त्री ढकाल ।

कार्यक्रमलाई स’म्बोधन गरेका ढकालले धार्मिक कुरा मात्रै गरे । कोरोना महामारीलाई गि’ज्याउने हजारौंको भीड अगाडि उ’भिएर भा’षण गरेका मन्त्री ढकालले जनस्वास्थ्यसम्बन्धी चे’तना बाँ’ड्ने जाँ’गर भने चलाएनन् ।कार्यक्रममा सहभागी हुन आसपासका जिल्लाहरुबाट समेत मानिसहरु मा’डी आएका थिए ।