ओली र नेपालबिच आज पनि भेटघाट हुदै !

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ताको तयारी गरिएको छ। पछिल्लो समय ति’क्कतापूर्ण सम्बन्धमा रहेका दुई नेताबीच बुधबार साँझ एक्लाएक्लै २ घण्टा छलफल भएको थियो।

सो बैठकमा दुवै नेताबीच बिहीबार फेरि भेटवार्ता गर्ने समझदारी भएअनुसार आज पनि भेट हुने अपेक्षा गरिएको नेपालनिकट स्रोतले बताएको छ। ‘हिजोको छलफलमा दुवै नेताले आआफ्नो धारणा मात्रै राख्नु भयो। आज फेरि भेटी अहसमतिका विषयहरुमा थप छलफल गर्ने संभवना छ,’ स्रोतले भन्यो, ‘तर अहिलेसम्म निश्चित समय र स्थान भने टुङ्गो लागेको छैन।’

बुधबारको भेटपछि दुवै नेताले सो दुई घण्टे बसाइमा दुई नेताबीच के के कुराकानी भयो भन्नेबारे उनीहरुले स्पष्ट भने पारेका छैनन्। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन् ।नेताहरूलाई सम्झाउने/बुझाउने प्रयास गरिरहेको भन्दै उनले त्यसलाई कमजोरीको रूपमा नलिनसमेत चे’तावनी दिए ।

बल्खुमा पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास गर्दै प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गु’टगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने बताए । पार्टी अ’नुशासित बनाउनुपर्ने र अ’नुशासनहिनतासँग सम्झौता गर्न नसकिने भन्दै ओलीले अ’नुशासित भएर पार्टीमा काम गर्न खनाल समूहलाई आग्रह गरे ।

यसैबीच नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथलीमा सरेको छ । ओलीले बिहीवार (आज) नयाँ कार्यालयमा पदस्थापन पनि गरेका छन । बल्खुमा रहेको कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीबाट पार्टी कार्यालय सञ्चालन गर्दै आएको थियो ।बल्खुमा नयाँ भवन तयार नहुन्जेल एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट सञ्चालन हुने भएको छ ।