कोरोना त्रा’सले काठमाडौं छो’ड्नेको लर्को, नयाँ बसपार्कमा यात्रुको भि’ड

काठमाडौं । कोभिड–१९ को दोस्रो लहरसँगै लकडाउन हुने र पहिलेको जस्तै अभावले ग्रस्त हुने ड’रले उपत्यका बाहिरिनेको संख्या बढेको छ ।सामान्य अवस्थामा भन्दा अहिले दैनिक दुई गुणा बढी बस बाहिरिएको बस व्यवसायीले बताएका छन् ।

बाहिरिने यात्रुहरु उपत्यका भन्दा आफ्नै घर सुरक्षित रहेकाले फर्केको बताउँछन् । लामो दुरीका बसमा समेत कोरोना भाइरस संक्रमण हुन नदिन स्यानिटाइजर, मास्क जस्ता न्यूनतम सा’वधानी नअपनाएको यात्रुहरुको गु’नासो छ ।व्यवसायीका अनुसार काठमाडौं– दाङ, बुटवल, विराटनगर, पोखरा लगायत अधिकांश स्थान प्रस्थान गर्ने यातायात भरिभराउ छन् ।

यस्तै नेपालमा पनि कोरोना भाइरस संक्रमणको स्थिति भ’यावह बन्दै गएको छ । केही दिनयता प्रत्येक दिन संक्रमितको संख्या तिव्र बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर २४२८ जनालाई संक्रमण पुष्टि भएको छ ।१० हजार १ पीसीआर र ४४७ जनाको एन्टीजेन परीक्षण हुँदा २४२८ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२३६५ जनाको पीसीआर र ६३ जनाको एन्टीजेन परीक्षणमा पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा २५२ जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको ज्यान गएको छ ।अहिलेसम्म नेपालमा संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ ।संक्रमणपुष्टि भएकामध्ये २ लाख ७६ हजार ३४९ जना निको भएका भने ३१ सय १७ जनाको ज्यान गएको छ ।हाल १२ हजार ६९० संक्रमित आइसोलेसनमा रहेका छन् ।

त्यस्तै काठमाडौंसहितका ४ जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या नै ५ सयमाथि पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बिहीबारसम्म काठमाडौं, ललितपुर, बाँके र रुपन्देही जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सयभन्दा माथि पुगेको हो । नेपालमा पनि तीब्र रुपमा फैलिइरहेको कोभिड—१९ को नयाँ भेरियन्टका कारण सबैजसो जिल्लाहरुमा कोरोना संक्रमित भेटिएका छन् ।

५ सयमाथि सक्रिय संक्रमित भएका ४ सहित नेपालका ११ वटा जिल्ला अति प्रभावित जिल्लामा परेका छन् । अति प्रभावित जिल्लाहरुमा सक्रिय संक्रमितको संख्या नै २ सय बढी रहेको छ । स्वास्थ्य मन्त्रालयले २ सय बढी सक्रिय केस भएका जिल्लालाई अति प्रभावित जिल्लामा राखेको छ । यस्ता जिल्लाहरुमा कैलाली, बाँके, दाङ, रुपन्देही, चितवन, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर र मोरङ रहेका छन् ।

अति प्रभावित रहेको काठमाडौंमा सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय ५७, ललितपुरमा ९०५, रुपन्देहीमा ६९७ र बाँकेमा १३६१ सक्रिय संक्रमितको संख्या पुगेको छ । यस्तै अति प्रभावित जिल्लाका रुपमा रहेका कैलालीमा २९९, दाङमा २८२, कास्कीका ४५५, चितवनमा २७०, पर्सामा ४९४, भक्तपुरमा ३८८ र मोरङमा ३७२ जना सक्रिय संक्रमित रहेका छन् ।