साउदीको अस्पतालले २ करोड ५० लाख रुपैया उपचार खर्च मिनाहा गरेपछि नेपाल फर्किए बेदबहादुर

काठमाडौं। साउदी अरेबियाको एक अस्पतालले २ करोड ५० लाखभन्दा धेरै (नेपाली रुपैया) रुपैयाँ उपचार खर्च मि’नाहा गरेपछि एक नेपाली स्वदेश फर्केका छन्। रियादस्थित नेपाली दूतावासको पहलमा अढाई वर्षदेखि उपचाररत वेदबहादुर भुजेललाई बिहीवारको हिमालय एयरलाइन्सको उडानबाट नेपाल फर्किएका हुन्।

साउदीका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंहले यो प्रक्रियामा सहयोग गर्ने सबैलाई धन्यावाद दिएका छन्। रियादसस्थित नेपाली दूतावासले वैदेशिक रोगजारीको सिलसिलामा साउदी अरबको रियादस्थित एउटा कम्पनीमा काम गर्दागर्दै दु’र्घटनामा परी अ’पांग भई विगत अढाई वर्षदेखि राजदूतावासको से’ल्टरमा रहेका सुन्दरहरैचा ९, मोरङ्गका बेदबहादुर भुजेल घर फर्किएको जनाएको छ।

राजदूत राजपुतका अनुसार दुर्घटना लगत्तै भुजेललाई रियादस्थित फे’मेली कि’यर अस्पतालमा भर्ना गरिएको थियो। सो अस्पतालले उपचारमा भएको ८ लाख साउदी रि’याल (२ करोड ५० लाखभन्दा धेरै नेपाली) खर्च मिनाहा गरेपछि भुजेलको स्वदेश फर्किने सपना पूरा भएको हो।

अस्पताल उपचार खर्चको बिल ति’र्नका लागि शुरुमा मु’द्दा दा’यर गरेको थियो। दुई वर्षसम्म कुनै का’नूनी प्रगति गर्न नसके पनि दूतावासले उनलाई नेपाल पठाउन निरन्तर प्रयास गरेको थियो। तर, सम्भव भएको थिएन। भुजेलले विल ति’र्न सक्ने अवस्था नरहेपछि अस्पतालले मु’द्दा फिता लिँदै उपचारमा भएको खर्च पनि मि’नाहा गरिदिएको हो।

यसका लागि एनआरएनए साउदी, नेपाली दूतावासले पहल गरेका थिए। अस्पताल व्य’वस्थापनसँग निरन्तर सम्पर्कमा रही पटकपटक भेटवार्ता र पत्राचारमार्फत निज भुजेल वि’रुद्धको मु’द्द फि’र्ता लिई निजलाई नेपाल पठाउन सहयोग गरिदिन अ’नुरोध गरिएका दूतावासले जनाएको छ।

दूतावासको अ’थक प्रयासको प’रिणामस्वरुप अस्पतालले दुई हप्ताअघि भुजेलवि’रुद्धको मु’द्दा फि’र्ता लिएको दूतावासले जनाएको छ। नेपाली राजदूत सिंहले भुजेललाई नेपाल फर्काउन सहयोग गर्ने सबैलाई ध’न्यावाद दिएका छन्।