घरमा बहिनीको बिवाह अस्पतालमा दाइको मृ’त्यु, बिवाह नारोकियोस भनेर आमाले लुकाइन मृ’त्युको खबर, सहिन एक्लै पि’डा

काठमाडौं- कोरोनाका कारण नेपालमै यस्तो हृ’दय वि’दारक घ’टना भएको छ । आफ्नो परिवार भित्रै छोरीको विवाह हुने दिनमै किशोर छोरा गु’माएकी आमाले विवाह न’रोकियोस् भनेर छोराको मृ’त्युको खबर समेत गो’प्य राखिन् ।

कोरोनाले आफ्नो १५ वर्षको छोरा गु’माएकी दाङ गढवा गाउँपालिका वडा नं ६ की एक महिलाले यस्तो गरेकी हुन् । आफ्नो एक मात्र छोरा कोरोनाले गु’माएपछि पनि उनले अरुको भ’लाईका लागि त्यती ठूलो चो’ट एक्लै सहेर बसिन् । गढवा गाउँपालिका वडा नं. ६ घर भई लमहीस्थित आदर्श माविमा कक्षा ९ मा अध्यनरत् विधान आचार्यको भैरहवामा उपचारका क्रममा मृ’त्यु भएको हो।

विद्यालयका प्रधानाध्यापक कुलचन्द्र पौडेलले कक्षा ९ (ए) अध्यनरत् विधानले वैशाख ६ गते कक्षा कोठामै टाउको दु’ख्यो भनेपछि घर पठाइएको बताए। वि’धान आफ्नी आमासँगै लमहीमा बसिरहेका थिए। ‘विद्यालयले आमालाई भनेर अस्पताल जानु भनेर पठाएको हो,’ प्रअ पौडेलले भने, ‘आमा छोराको उपचारका लागि भनेर वैशाख ७ गते मात्रै बुटवल गएका रहेछन्।’

बुटवलमा उपचार गराउँदा पनि स्वास्थ्य सुधार नभएपछि स्वास्थ्यकर्मीकै सल्लाहमा उनीहरू भैरहवा पुगे। त्यहाँ पिसिआर परीक्षणका लागि स्वा’ब दिए। वैशाख ८ गते रिपोर्ट आएपछि आमा लक्ष्मीले छोरा विधानलाई भैरहवा लगेर भर्ना गरिन्। उनको शुक्रबार बिहानै त्यहीँ नि’धन भइसकेको थियो।

विधानको पढाइ राम्रो थियो। उनी कक्षाका अब्बल विद्यार्थी रहेको प्रअ पौडेलले जानकारी दिए। विधानलाई त्यसअघि कुनै स्वास्थ्य स’मस्याबारे जानकारी नरहेको उनले बताए । विधान परिवारका एक्ला छोरा हुन्। उनीकी बहिनी वि’धाता छिन्। बुवा विष्णु रोजगारीको सिलसिलामा दुबईमा छन्।

एक्लो छोरोको मृ’त्युको शोकमा आमा लक्ष्मी बोल्न सक्ने अवस्थामा नरहेको प्रअ पौडेलले बताए। ‘मैले बिहान विद्यालय पुगेर फोन सम्पर्क गर्दा फोन उठेन,’ प्रअ पौडेलले भने। प्रअ पौडेल र घर परिवारकै आफन्तका अनुसार विधानका माइला बुवाकी छोरीको शुक्रबार नै बिहे थियो।

‘बिहे प्रभावित नहोस् भनेर पनि आमा लक्ष्मीले छोराको मृ’त्युको कुरा सार्वजनिक गर्न नखोज्नु भएको बुझिएको छ,’ एक आफन्तले भने, ‘विधान त बिहान १ बजेतिर नै बि’तिसकेको रहेछ, तर उहाँले त्यो कुरा लु’काउनुभयो र ज’न्ती हिँडिसकेपछि मात्रै छोराको मृ’त्युबारे खबर दिनुभयो।’

एउटै घर परिवारमा एकातिर जन्ती र अर्कोतिर म’लामीको नरमाइलो स्थितिले आफू वा’क्क भएको ती आफन्तले बताए। विधानका माइला बुवा गोटुराज र न’न्दकली आचार्यकी छोरी सुजाताको शुक्रबार नै बिहे भएको छ। शुक्रबार बेहुलीलाई घर पठाएपछि आमाले मृ’त्युको खबर सार्वजनिक गरेकी थिइन्।