खुशीको खबर: धरहरा ढ’ल्दा ज्यान गुमाएका व्यक्तिका परिवारले धरहरामा रोजगारी पाउने

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरासँग सम्बन्धित दु’र्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई रोजगारी दिने बताउनु भएको छ ।धरहराको उद्घाटनपछि भएको कार्यक्रममा उहाँले धरहरा ढ’ल्दा केही व्यक्तिले ज्यान गु’माएको भन्दै उनीहरुको परिवारका एक सदस्यलाई प्राथमिकताका आधारमा धरहरामा नै रोजगारी दिने बताउनु भएको हो ।

धरहरामा बन्दै गरेको बगैँचा, पार्किङ लगायतमा कामदार आवश्यक पर्ने र त्यसमा पी’डित परिवारलाई प्राथमिकतामा राखेर रोजगारी दिइने उहाँको भनाइ छ ।यस्तै, उहाँले कोही पनि भो’कै नपर्ने गरी सरकारले काम गरिरहेको पनि दा’बी गर्नु भएको छ ।प्रधानमन्त्री ओलीले यो वर्षभित्रै सडकलाई सडक बालबालिकामुक्त र भि’कारीमुक्त बनाउने पनि बताउनु भएको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरासँगै ढ’लेकी रमिला श्रेष्ठलाई सम्मान गर्नु भएको छ ।आज धरहराको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठलाई सम्मान गर्नु भएको हो। २०७२ वैशाख १२ गते गएको भूकम्पमा धरहरा ढ’ल्दा रमिला धरहराको टुप्पोमा हुनुहुन्थ्यो ।

उहाँ धरहरा ढ’लेसँगै भुइँमा ब’जारिनु भएको थियो । यस्तै, उद्घाटन समारोहमा धरहरासँगै ख’सेर घा’इते भएकाहरुको सु-स्वास्थ्यको कामना गरिएको छ भने ज्यान गु’माएकाहरुप्रति श्र’द्धाञ्जली व्यक्त गरिएको छ ।धरहरा पुनर्निर्माणमा योगदान पुर्याएकाहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा पत्र दिनु भएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले २० औं तलामा रहेको बाल्कोनीबाट पुष्पवृष्टि गर्दै धरहराको उद्घाटन गर्नु भएको थियो ।२०७२ बैशाख १२ गते आएको विनाशकारी भू’कम्पले धरहरा ढ’ल्दा ६० जनाले ज्यान गु’माउनुपरेको थियो । साे भूकम्पमा भ’त्केकाे धरहरकाे ठु’टाे संरक्षण गर्दै नजिकै नयाँ धरहरा बनाइएकाे हाे ।

यद्यपि धरहराको सबै निर्माण कार्य सम्पन्न भने भइसकेको छैन । हतारहतार बाहिरबाट दे’खिनेगरी धरहरा ठ’ड्याइएको भए पनि भित्री कामहरु, बे’समेन्ट तथा पर्खाल र अन्य संरचना निर्माण्, स’जावट, भूकम्प स’ङ्ग्रहालय निर्माण लगायत काम बाँकी नै छन् ।

साथै लिफ्ट प्रविधि समेत राखिएकाेले यसकाे काम पनि सम्पन्न बाँकी छ, धरहरामा जडान गरिने दुईवटा लिफ्टमध्ये एउटा तयार भइसकेको र अर्काे जडानको क्रममा रहेको जनाइएकाे छ । धरहरा निर्माणको ठेक्का रमन क’न्सट्रक्सनले पाएको थियो ।१८८२ सालमा तत्कालीन प्रधानमन्त्री भिमसेन थापाले आफ्नी प्रेमिकाका लागि भनेर धरहरा बनाइएको थियो ।

वि.स. १९९० सालमा आएको भू’कम्पले ११ तले धरहरा ९ तल्लेमा सी’मित भयो । पछि तत्कालीन प्रधानमन्त्री जुद्ध शम्शेरले ९ तल्लाबाट ११ तल्ले बनाए । र, २०७२ सालमा आएको वि’नाशका’री भूकम्पले क्ष’तिग्र’स्त धरहरा पुनः २०७८ मा २२ तल्ले बनाइएको छ ।

याे धरहरा पुरानाे भन्दा फरक किसिमले बनाइएकाे भए पनि बाहिरबाट हेर्दा पुरानैजस्ताे देखिन्छ । पहिलाकाे धरहराभित्र खालि सिँढी मात्र थिए भने अहिले भित्र संग्रहालय लगायत संरचना रहने बताइएकाे छ । यसमा माथि चढ्नका लागि सिँढीका साथै लिफ्ट प्रविधि छ, भित्र पुस्तकालय समेत रहनेछ ।