भूकम्प जाँदा बि’ग्रिएको १०० वर्ष पुरानो घडी अर्को भूकम्पको ध’क्का पछि आफैं चलन थाल्यो !

काठमाडौं। भोलि बैशाख १२ गते विनाशकारी भू’कम्प गएको ठिक ६ वर्ष पूरा हुँदैछ । नेपालमा भूकम्पको स्म’रण भइरहँदा भुकम्पसम्बन्धी एउटा अ’त्यन्तै अनौठो घ’टना जापानमा भएको छ ।

जापानका १०० वर्ष पुरानो एउटा घडी १० वर्ष पहिले भूकम्पको ध’क्काका कारण बि’ग्रिएको थियो । त्यो घडी बिग्रिएको १० वर्षपछि आफैं ठिक भएको छ र चल्न थालेको छ । अहिले पुनः अर्को भूकम्पको ध’क्का लागेपछि यो घडी आफैं चल्न थालेको हो ।द गार्डियनमा प्रकाशित समाचार अनुसार घटना जापानको यमामोटोको हो ।

रिपोर्टअनुसार यहाँ एक बौद्ध म’ठमा १०० वर्ष पुरानो विशाल घडी छ । यो घडी १० वर्ष पहिले भूकम्पको ध’क्काका कारण ब’न्द भएको थियो । त्यतिबेलादेखि अहिलेसम्म यो घडी ब’न्द थियो । हाजै फेब्रुअरी महिनामा यो क्षेत्रमा फेरि भूकम्प गयो ।भूकम्पको ध’क्कापछि यो घडी आफैं ठिक भयो र चल्न थाल्यो ।

यो घडी पहिले जसरी चल्थ्यो त्यसरी नै चल्न थालेको थियो ।रिपोर्टका अनुसार यो घडी निर्माता कम्पनीका प्रतिनिधि पनि त्यहाँ गएर घडी जाँच गरेका थिए । मठको आसपासका बा’सिन्दाले घडी ठिक हुँदा आफूहरु निकै खुसी भएको बताएका छन् । १० वर्षअघि भूकम्पपछि सु’नामी पनि आएको थियो र पानी मठभित्र पनि प’सेको थियो ।

मठका खम्बा र छत मात्र ब’चेका थिए । घडी खम्बामा झु’ण्ड्याइएकोले जो’गिएको थियो । स्थिति सुधार भएपछि मठ प्रमुखले घडी मर्मत गर्ने निकै को’सिस गर्दा पनि ठिक बनाउन सकेका थिएनन् । केही सीप नलागेपछि घडीलाई त्यत्तिकै छो’डिएको थियो ।