जुम्ल्याहा दिदीबहिनी र जु’म्ल्याहा दाजुभाइको एकसाथ बिहे, सन्तान पनि एकसाथ जन्माए

अमेरिकामा एक जोडी जुम्ल्याहा दिदीबहिनी हरेक काम एकसाथ गर्ने गर्छन् । ब्रिटनी र ब्रायना डीन नामका यी जुम्ल्याहा दिदीबहिनीले एकसाथ जुम्ल्याहा दाजुभाइसँग बिहे गरेका थिए ।अब यी दिदीबहिनीले बच्चा पनि एकसाथ ज’न्माएका छन् ।

ब्रि’टनी र ब्रा’यनाले जुम्ल्याहा दाजुभाइ जैश र जेरेमीसँग विवाह गरेका थिए । यी चार जनाको भेट २०१७ मा एक जु’म्ल्याहाहरुको कार्यक्रममा भएको थियो ।यो भेटको ६ महिनापछि जैश र जे’रेमीले ब्रि’टनी र ब्रायनालाई प्र’पोज गरेका थिए । २०१८ मा यी ४ जनाले सा’मूहिक विवाह गरेका थिए ।

ब्रि’टनी र ब्राय’नाका अनुसार उनीहरु हरेक काम साथमा गर्न चाहन्छन् ।उनीहरु साथमा बस्छन्, सबै जन्मदिन साथमा मनाएका छन् । उनीहरु ड्रा’इभिङ ला’इसेन्स लिन पनि साथमै गएका थिए र उनीहरुले कले’जबाट ग्र’याजुएसन पनि सा’थमै गरेका थिए ।

उनीहरुका अनुसार विवाह पनि साथमा हुनु उनीहरुको लागि निकै भावनात्मक पल थियो । वि’वाहपनि उनीहरुले साथमै गर्भवती हुने योजना बनाएका थिए र उनीहरुका सन्तान पनि एकसाथ ज’न्मिए ।उनीहरुले भविष्यमा पनि अरु कामहरु साथमा गर्न चाहन्छन् ।

उनीहरु एक परिवारको रुपमा निकै बलियो ब’न्धनमा बाँ’धिएका छन् । उनीहरुको इन्स्टाग्राम पनि एउटै छ जसमा उनीहरुका लाखौं फ’लोअर छन् ।उनीहरु गर्भवती भएपछि कैयौंले उनीहरुका सन्तान पनि जु’म्ल्याहा हुन सक्ने भनेका थिए तर त्यसो भएन ।यद्यपि बच्चाको लिंग भने एउटै भयो । दुवैले छोरा ज’न्माएका छन् ।