कोरोना संक्रमितले भरिए अस्पताल !

कोरोना संक्रमणले गर्दा उपत्यकाका अस्पतालका रहेका श’य्या भरिन थालेका छन्। दैनिक संक्रमितको संख्याबढ्न थालेपछि श’य्या भरिन थालेका हुन्। यही वैशाख ३ गते ९०० संक्रमित भेटिएकामा वैशाख १० गते करिब तीनगुणा २ हजार ५५९ जना पुगेको थियो। चिकित्सकका अनुसार अहिले नेपालमा १२.३ प्रतिशत संक्रमण दर रहेको छ।

शुक्रराज ट्रपिकल तथा स’रुवा रो’ग, वीर, पाटन, त्रिवि शिक्षण र सशस्त्र प्रहरी ब’ल अस्पतालमा कोराना संक्रमितले अस्पतालका श’य्या भरिँदै गएको छ। शुक्रराज अस्पतालका २२ सघन उपचार कक्षमध्ये २० र १२ भेन्टिलेटर संक्रमितले भ’रिएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए।

उनका अनुसार ५५ आइसोलेसन श’य्यापनि भरिएका छन्। दैनिक आठ-नौ जना उपचारपछि घर गएपनि त्यतिकै संख्यामा बि’रामी आउने उनको भनाइ छ। उनले अस्पतालमा संक्रमितबाट नि’मोनिया लागेका बि’रामीलाई मात्र भर्ना गरेको जानकारी दिए ।‘हामीले सामान्य ज्व’रो, रु’घाखोकी, जि’उ दु’ख्ने खालका बि’रामीलाई भर्ना गर्ने गरेका छैनौं’, उनले भने, ‘अलि ज’टिल खालका नि’मोनिया र अ’क्सिजन दिनुपर्ने बि’रामीलाई मात्र भर्ना गरेका छौं।’

संक्रमित ब’ढ्न थालेपछि विनाकारण घरबाट न’निस्कन र निस्कनै परे मास्क, से’निटाइजर र भौतिक दूरी कायम गर्न पनि उनले आग्रह गरे। अहिलेको को’भिड–१९ को भा’इरस युके भे’रियन्ट र ड’लब भे’रियन्ट रहेकोले संक्रमण सा’र्नसक्ने अ’त्यधिक क्षमता रहेको छ।

अहिलेको को’भिड–१९ को नयाँ स्वरुपले एकजनाबाट एक घण्टामा ६०-७० जनामा संक्रमण सार्न सक्छ। संक्रमण नियन्त्रण बा’हिर जान था’लेकोले सर्वसाधारण आफैं सचेत हुनुपर्ने राजभण्डारीले बताए। ‘अहिलेको भाइरसले संक्रमण लागेको चार-पाँच दिनमा नै आ’क्र’म’ण गर्ने खालको छ’, उनले भने, ‘अहिले ५० वर्षमूनिका मानिसलाई पनि बढी संक्रामक देखिएको छ।’

यस्तै वीर अस्पतालमा पनि को’भिड–१९ का बि’रामीलाई छु’ट्याइएको श’य्या भरिन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले उपत्यकामा ७७ जना स’घन उपचार कक्षमा र ४० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन्। मुलुकभरि १ हजार १८० स’घन उपचार कक्ष र ५१२ भे’न्टिलेटर रहेका छन्।

तीमध्ये १७३ जनाको स’घन उपचार कक्ष र ५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। वीर अस्पतालका कोभिड-१९ सम्पर्क व्यक्ति डा. अच्युत कार्कीले १७ मध्ये १५ सघन उपचार कक्ष, पाँच भे’न्टिलेटर पूरै भरिएको बताए। सशस्त्र प्रहरी बल अस्पतालमा कोरानाका बि’रामीले भरिएका छन्।

अस्पतालका को’भिड-१९ फोकल पर्सन डा. प्रविन नेपालले १०० श’य्यामध्ये सबै भरिएको जानकारी दिए। उनकाअनुसार संक्रमित बढ्दै गएपछि अस्पतालले आज थप ४० शय्या थप गर्न लागेको हो। यस्तै २० मध्ये १८ सघन उपचार कक्ष र आठमध्ये सात भेन्टिलेटरमा पनि संक्रमित रहेको उनले जानकारी दिए।

अस्पतालमा भर्ना भएका बि’रामी श्वास फे’र्न गा’ह्रो, ज्वरो, छा’ती दु’ख्ने, नि’मोनियाजस्ता स’मस्या रहेकाले ६० प्रतिशतलाई अ’क्सिजन दिनु परेको कार्कीले जानकारी दिए। अस्पतालमा आएका बि’रामीमध्ये अधिकांश ४०-५० उमेर समूहका बि’रामी रहेका छन्। यस्तै वीरमा ७६ आइसोलेसनमध्ये ६६ वटा संक्रमितले भ’रिएका छन्।

दैनिक आठ–नौ वटा नयाँ बि’रामी आउने गरेका कार्कीले बताए। दैनिक संक्रमित थपिँदै गए आफूहरुले बि’रामीलाई राख्न नसक्ने उनले बताए। सानो ठाउँ भएकाले उपचार गराउन आउने बि’रामी र खोप लगाउन आउने व्यक्तिमा सामाजिक दूरी कायम राख्न नसकिएको जानकारी उनले दिए।

संक्रमित बढ्न थालेपछि वीरले नजिकैको स’र्जिकल भवनमा अबको केही दिनमा कोभिड-१९ का बि’रामी राख्ने तयारी गरेको छ। त्रिवि अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले ५५ जना संक्रमितको उपचार भइरहेको जानकारी दिए। उनले १२ जना आ’इसियु, पाँचजना भेन्टिलेटरमा र ३८ जना ए’चडियुमा उपचाररत रहेको बताए।

अस्पतालमा ६० आइसियु र ५० एचडियू रहेका छन्। काफ्लेले बि’रामीलाई सुरुमा अ’ब्जर्वेशन गरी राख्ने र स’मस्या देखिए आवश्यकता अनुसार आ’इसियु, ए’चडियु र भे’न्टिलेटरमा राखिने बताए। अस्पतालले आइसियुमा एकजना नर्सले एकजना बि’रामी र ए’चडियुमा एकजना नर्सले दुईजनासम्म बि’रामी हेर्ने व्यवस्था मिलाएको छ।

संक्रमितको संख्या ब’ढ्ने भएकोले ५० आइसोलेसन श’य्या थपिन थालेको जानकारी उनले दिए। शुक्रराज अस्पतालका प्रमुख क’न्सल्टेन्ट डा. अनुप बाँस्तोलाले संक्रमण पहिलोभन्दा सं’क्रामक रहेकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरे ।उनले संक्रमण यही गतिमा अघि बढे बि’रामीले उपचार नै नपाउने स्थिति आउनसक्ने भन्दै मानिसलाई घरबाहिर न’निस्कन अनुरोध गरे।

उनका अनुसार को’भिड–१९ को अहिलेको लहरमा संक्रमित सि’किस्त हुने अनुपात पहिलो लहरको तुलनामा बढि’रहेको छ। नेपालमा अहिले २ लाख ९४ हजार ६०१ जना संक्रमित भइसकेका छन्। जसमध्ये २ लाख ७६ हजार ७५५ जना निको भएर घर फ’र्किएका र ३ हजार १२३ जनाको संक्रमणको कारणले नि’धन भइसकेको छ।

यस्तै मुलुकभरि १३ हजार ५७८ होम आइसोलेसन र १ हजार १४६ जना संस्थागत आइसोलेसनमा रहेका छन्। संक्रमितमध्ये १.१ प्रतिशतमा मृत्युदर र प्रति १० लाखमा १०७.८ जना मृ’त्यु हुने गरेको पाइएको छ। ५०० भन्दाबढी संक्रमित भएका जिल्लामा काठमाडौं, ललितपुर, बाँके र रुपन्देही रहेका छन्। रासस