यात्रु बोकेर गुडिरहेको हायसमा अ’चानक आ’गलगी हुदा ज’लेर ध्व’स्त !

जनकपुरधाम । शनिबार साँझ जनकपुरधाम उपमहानगरपालिकाको मि’ल्स ए’रिया र थापाचोकको बीचमा एक हायसमा आ’गलगी हुँदा ज’लेर ध्व’स्त भएको छ । आ’गलागी १५ मिनेटमै प्रहरी र स्था’नीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।

शनिबार साँझ ६ बजेर ४० बजेको समयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (मधेश भवन) अगाडी पूर्व पश्चिम सडकमा गु’डिरहेको गाडीमा आ’गलगी भएपछि ज’लेर ध्व’स्त भएको हो । पी’डारीचोकबाट भा’नुचोक तर्फ जाँदै गरेको सो हायसमा अचानक आ’गलगी भएको चालकलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार, गु’डिरहेको गाडीमा अ’चानक आ’गलगी भएको हो । गाडीमा कसरी र के कारणले आ’गलगी भएको बारे अझै अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले जनाए । जनकपुरदेखि काठमाण्डौसम्म चल्ने उक्त गाडीमा यात्रुहरु समेत रहेको बताइएको छ ।

केही बेरमै घ’टनास्थलम पुगेका प्रहरी सो घटनाको मु’चुल्का उठाइरहेको जनाइएको छ । सवारी भने पूर्ण रुपमा ध्व’स्त भएपनि कुनै मा’नवीय क्ष’ति भने भएको छैनन् । गाडीको नम्बर खुल्न सकेको छैन । विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिएका छन ।