अस्पतालमाका डाक्टर, नर्स र कर्मचारी संक्रमित, आकस्मिक बाहेकका सबै सेवा बन्द

बाँके । बाँकेको सुशील कोइराला प्र’खर क्या’न्सर अस्पतालमाका ९० प्रतिशत डाक्टर, स्टाफ नर्स, प्रशासनिक कर्मचारीलाई कोरोना भएपछि आ’कस्मिकबाहेक सबै सेवा ब’न्द गरिएको छ। अस्पताल प्रशासनले शनिबार सूचना निकालेर आजदेखि वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सेवा ब’न्द गरेको जानकारी गराएको हो ।

बि’रामीलाई पर्न गएको असुविधाप्रति अस्पतालले क्ष’मा मागेको छ ।‘यस सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा ख’जुरामा कार्यरत कर्मचारीहरूको पीसिआर टे’ष्ट गर्दा पीसिआर टेष्ट गरेकामध्ये ९० प्रतिशत डाक्टर, स्टाफ नर्स, प्रशासनिक कर्मचारीहरूको पीसिआर रिपोर्ट पोजेटिभ आएको छ’, जारी सूचना भनिएकाे छ ।

त्यस्तै कोरोनाको हटस्पट बनेको बाँकेमा पछिल्लो १२ घन्टायता मात्रै ५ जना कोरोना संक्रमितको मृ’त्यु भएको छ। नेपालगञ्ज–३ की संविधानसभा सदस्य ६२ वर्षीया मोहम्मद सि’द्दिकीको पनि कोरोना संक्रमणबाट मृ’त्यु भएको छ।

उनी नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य थिइन्। कोरोना संक्रमण पुष्टि भएपछि सि’द्धिकी गत चैत २८ गते भेरी अस्पतालको को’भिड आइसोलेशन वार्डमा भर्ना भएकी थिइन्। उपचारको क्रममा उनको गएराति मृ’त्यु भएको जिल्ला स्वाथ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज बहादुर वलीले जानकारी दिए।

यस्तै कोरोना संक्रमबाट खजुराकी ४७ वर्षीया महिला र ३६ वर्षीय पुरुष र नेपालगन्जका ६० वर्षीय पुरुषको उपचारका क्रममा मृ’त्यु भएको वलीले जानकारी दिए। यस्तै कोहलपुरमा एक जना कोरोना संक्रमित घरमै मृ’त अवस्थामा भेटिएका छन्। ६० वर्षीय पुरुष गएराति मृ’त अवस्थामा भेटिएका जिल्ला स्वाथ्य कार्यालय बाँकेले जनाएको छ।

थप समाचार – कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) का अधिकारीहरुले हटस्पटहरूमा ‘लकडाउन’ गर्नुपर्ने सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका छन् । कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे शनिबार बालुवाटारमा प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेका सीसीएमसीका अधिकारीहरुले लकडाउन शब्द त प्रयोग गरेरनन् तर हटस्पटहरुमा बाँकेको नेपालगञ्जमा जस्तै रणनीति अपनाउनुपर्ने बताएका हुन् ।

ठूला शहरहरुमा बढ्दो संक्रमणको चेन ब्रेक गर्न नसके भयावह अवस्था आउने उनीहरुले बताए । बैठकमा सहभागी एक मन्त्री भन्छन्, ‘लकडाउन शब्द कसैले प्रयोग गर्नुभएको छैन । यसरी नै संक्रमण बढ्ने हो भने त्यो अवस्था पनि आउनसक्छ ।’स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं भक्तपुर, ललितपुरका साथै पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघिसकेको छ ।

सीसीएमसीका अधिकारीहरुले लामो दूरीको यातायात तत्काल बन्द गर्नुपर्ने बताएका छन् ।संक्रामक रोक ऐनअनुसार सोमबार जारी भएको आदेश पूर्ण पालना नभएको तथा परीक्षाका नाममा विद्यालय तथा कलेजहरुमा भीडभाड भएको भन्दै सीसीएमसीका अधिकारीहरूले त्यसमा पनि कडाइ गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न नसकिने, तर आवागमनलाई व्यवस्थित गर्नुपर्ने सीसीएमसीका अधिकारीहरूको जोड छ । नेपाली नागरिकहरुलाई चेकजाँच गरेर आउने दिने, विदेशी नागरिकहरुको हकमा भने तत्कालका लागि स्थलमार्गबाट आउन रोक्न सकिने सीसीएमसीका अधिकारीहरुले बताएका छन् ।हवाईमार्गबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गर्ने सीसीएमसीको प्रस्ताव छ ।

होल्डिङ सेन्टरहरु यसअघि भन्दा व्यवस्थित हुनुपर्नेमा जोड दिइएको छ ।सीसीएमसीको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले सरकारले जारी गरेको आदेश कडाइका साथ पालना गर्नुका साथै चेतनामूलक सन्देशहरु प्रवाह गर्नुपर्नेमा जोड दिए । उनले शनिबार भएको छलफलका आधारमा सीसीएमसीबाट प्रस्ताव तयार परेर मन्त्रिपरिषदमा ल्याउन समेत निर्देशन दिएका छन् ।