त्रिशुली नदीमा बन्दै गरेको पुल भ’त्कियो, १२ जनाको उद्धार दुईको अवस्था अ’ज्ञात

गत चैत २४ गते भ’त्किएको भरतपुर महागनरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जो’ड्ने त्रिशुली नदी माथि निर्माणाधीन ‘पि’स्ट्रेस्ड क’ङ्क्रिट ब्रिज’ पुलको बाँकी भाग सोमबार बिहान ९ बजेको समयमा ख’सेको छ ।

आरसीसी कंक्रिट स्पान भ’त्किएको उक्त पुलको नदीको ब’हाव क्षेत्र माथि स्टील संरचनामा निर्माण गरिएको थियो । पुलको कं’क्रिट संरचना भ’त्कदा च’र्केको अवस्थामा रहेको उक्त संरचनामा केही दिन यता निर्माणको काम भइरहेको बताइन्छ ।चितवनका प्रहरी प्रमुख ओम अधिकारीका अनुसार १४ जनाले काम गरि रहेको अवस्थामा स्टील संरचना ख’स्दा दुई जना वे’पत्ता भएका छन् ।

तीमध्ये १० जना नदीमा ख’सेका र आठ जनाको तत्काल उ’द्धार गरिएको र दुई जना वे’पत्ता छन् । १४ जना मध्ये चार जनाको भने नदी माथिनै उ’द्धार गरिएको छ । उद्धार र खोजी कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।स्थानीय बासिन्दाले उक्त स्थानमा बिहान देखिनै काम भइरहेको बताएका छन् ।

अहिले स्थानीय बासिन्दा र प्रहरी उ’द्धार कार्यमा जु’टिरहेको बताइएको छ ।इ’लाइट, ए’ड्भेन्जर र इन्द्रेणी जेभी संग शुरुआतमा १६ करोडको लागतमा निर्माण सम्झौता भएको उक्त पुल पछि न’क्साङ्कन संशोधन (डि’जाइन रिभ्यू) पछि लागत बढेर २१ करोड ६८ लाख रुपिंयाँ पु’गेको थियो । तीन बटा कं’क्रिट स्पा’न र ८० मिटर स्टील ट्’रस्ट संरचना रहने उक्त पुल दुई सय २० मिटर लामो रहेको छ ।