पक्राउ परेका उज्यालो नेटवर्कका पत्रकारलाई नि:शर्त छाड्न पत्रकार महासंघको माग

नेपाल पत्रकार महासंघले उज्यालो नेटवर्कका दुई जना पत्रकारलाई विना:शर्त रि’हाइ गर्न माग गरेको छ। पत्रकार अनिश तामाङ र दुर्गालाल तामाङलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो। महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति निकालेर दुबै जना पत्रकारलाई नि:शर्त रिहाइ गर्न माग गरेका छन्।

‘समाचारका विषयमा चित्त नबुझे त्यसप्रति अ’सन्तुष्टी जनाउने त्यसका निश्चित विधि र प्रक्रिया छन्। त्यसलाई बे’वास्ता गर्दै सञ्चारगृहमै प्रहरी प्रवेश गरेर पत्रकारलाई गि’रफ्तार गर्ने कार्य प्रेस स्वतन्त्रता माथिकै प्र’हार हो भन्ने महासंघको ठ’म्याइ छ,’ आइतबार विज्ञप्ति नि’कालेर महासचिव पुरीले भनेका छन् ।

‘तसर्थ, प्रेस स्वतन्त्रताको पूर्णरुपमा सम्मान गर्दै पक्राउ परेका पत्रकार अनिश तामाङ र दुर्गालाल तामाङलाई तत्काल निःशर्त रि’हाइ गर्न र यस्ता कार्य तत्काल ब’न्द गर्न नेपाल पत्रकार महासंघ नेपाल सरकार र त्यस मातहतका सबै निकायको ध्यानाकर्षण गराउँदछ। अन्यथा महासंघ आ’न्दोलनमा जान बाध्य हुनेसमेत चे’तावनी दिन चाहन्छ ।’

पाटन उच्च अदालतले शुक्रबार ‘समाचारको विषयमा टुंगो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउनु’ भनि पत्रकार तामाङ सहितका निवेदकको मुद्दामा आदेश दिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गर्ने विषयलाई महासंघले ग’म्भीर रूपमा लिएको पनि उनले उल्लेख गरेका छन्।

‘त्यस अनलाइनमा प्रकाशित समाचारको विषयलाई प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकारभित्र रही नि’रुपण गरिसकेको छ। यस्तो अवस्थामा अनामनगरस्थित कार्यालयमै पुगेर पत्रकारलाई गि’रफ्तार गर्नुले लोकतान्त्रिक विधि र प्रक्रिया मात्र होइन संबैधानीक व्य’वस्थामाथिकै ठाडो ह’स्तक्षेप भएको महासंघको ठ’हर छ।

त्यतिमात्र होइन, यो घ’टनाले अदालतको आ’देशलाई पनि सरकारले अ’टेर गरेको प्रष्ट भएको छ,’ उनले भनेका छन्। उक्त अनलाइनले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलबीच सम्झौता भएको भन्दै समाचार छापेको थियो। उक्त समाचार पुष्टि नभएपछि उक्त अनलाइनले क्षमासमेत मागेको थियो।