टिपरले जन्ती बसलाई ठ’क्कर दिंदा दुई बालिकाको मृ’त्यु

रुपन्देहीको कोटिहवामा टिपरले जन्ती बसलाई ठ’क्कर दिंदा दुईजना बालिकाको मृ’त्यु भएको छ । दुर्घटनामा ६ जना ग’म्भीर घा’इते भएका छन् ।दु’र्घटनामा परी तिलोत्तमा नगरपालिका–५ की आठ वर्षीया गंगा हरिजन र १० वर्षीया सरस्वती हरिजनको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा पछाडिबाट ठ’क्कर दिएको थियो ।दु’र्घटनामा परी टिपर चालकसहित ६ जना घा’इते भएका छन् ।

ट्रकको ठक्करबाट सरस्वतीको घ’टनास्थलमै र गंगाको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृ’त्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।घा’इतेमध्ये टिपर चालकको यु’निभर्सल मेडिकल कलेजमा र अन्य ४ जनाको क्रि’मसन अस्पतालमा उपचार भइरहेको छ ।