धरहराबाट ख’सेको ठ्याक्कै ६ वर्षपछि रमिला र सञ्जीव फेरि धरहराको टुप्पोमा ( भिडियो)

रमिला श्रेष्ठ कुनै नौलो ठाउँमा छिन्। कहाँ छिन्, कोसँग छिन् उनलाई हेक्का छैन। त्यही बेला घटटट, कटटट, किररर, चररर गर्दै जमिन ह’ल्लिन थाल्छ। उनी जहाँ छिन्, त्यो ठाउँ रोटे पिङजस्तै मच्चिन थाल्छ। उनी भा’ग्ने कोशिस गर्छिन्, तर जति कोशिस गर्दा पनि भाग्न सक्दिनन्।

उनलाई आफू कतै अ’ड्केको, कतै चे’पिएको, कतै भा’सिँदै गएको अनुभव हुन्छ। उनी चि’च्याउँदै गु’हार माग्न खोज्छिन्, तर बोली फु’ट्दैन। कसैले घाँटी थि’चेजस्तो भएर आउँछ। सास फे’र्न गा’ह्रो हुन्छ। उनी नि’स्सासिन्छिन्। त्यही बेला रमिला अ’सिनपसिन हुँदै झसंग ब्युँ’झन्छिन्।

रमिलालाई प्रायः बिहानीपख यस्तै सपनाले ऐँ’ठन पार्छ। ‘जुन बिहान म यस्तो सपना देखेर ब्युँ’झन्छु, त्यो दिन मलाई एकदमै ड’र लाग्छ,’ नयाँ धरहराको बीसौं तलाको बा’र्दलीमा उभिएर वरिपरि काठमाडौं हेर्दै रमिलाले भनिन्, ‘सपनामा ठूलो भूकम्प गएको हुन्छ। म भाग्न चाहन्छु, भा’ग्न सक्दिनँ।

मद्दत माग्न चाहन्छु, मद्दत माग्न सक्दिनँ। एक मनले यो सपना त हो नि भन्ने लाग्छ, तर मनको ड’र जाँदै जाँदैन। अहिले पनि मलाई भूकम्प भनेपछि एकदमै ड’र लाग्छ।’ सपनामा मात्र होइन, अ’प्रत्यासित मौसम परिवर्तन हुँदा बि’पनामै यस्तै ऐँ’ठन पर्छ रमिलालाई।

झ्या’प्पझ्याप्प बत्ती जाँदा होस् वा अस्तिजस्तो वेगसँग हा’वाहुन्डरी चल्दा, आकाशमा झि’लिकझिलिक बिजुली च’म्किँदा होस् वा मुसलधारे पानी द’र्किँदा, रमिलाको आँखाअगाडि २०७२ वैशाख १२ को त्रा’सदीपूर्ण क्षण नाच्न थाल्छ। त्यस्तो बेला कतै एक्लै छिन् भने उनी कहालिन्छिन्, भन्छिन्, ‘फेरि भूकम्प आउने हो कि भनेर मलाई भित्रैदेखि ड’र लागेर आउँछ।’

‘कुनै घ’टनाले मान्छेको मनमा त्रा’स गडेको छ भने त्यो त्रा’स जति वर्ष बिते पनि मनबाट ह’राउँदैन रैछ है,’ बा’र्दलीको सिसा समातेर एकटक सहर नियाल्दै रमिलाले भनिन्। ‘म त्यो दिन सम्झिरहन्छु। आकाशबाटै खसेजस्तो भएको थियो। धरहराको बाटो हिँड्दा पनि घरिघरि त्यही क्षण याद आउँछ।

कसरी बाँ’चे हुँला भन्ने कुरा मनमा खे’लिरहन्छ। तर, जति सोचे पनि जवाफ नै पाउँदिनँ,’ उनले अगाडि भनिन्, ‘पुरानो कुरा त बि’र्सिजानू नि, झन् त्यत्रो ड’रलाग्दो घटना किन सम्झिरहनू, तर जति कोशिस गर्दा पनि बिर्सनै सकिन्न रहेछ। किन होला है?’

हुन पनि हो– मान्छे जुन घटना बिर्सन चाहन्छ, जुन घटनालाई अतीतमै पोको पारेर अगाडि बढ्न चाहन्छ, त्यही घटनाले घरिघरि अतीतको पर्खालबाट फुत्त हाम्फालेर सपनाको बाटो हुँदै वर्तमान बिथोल्न आइपुग्छ। किन आइपुग्छ हँ?यसको जवाफ रमिलासँग छैन, न त्यस दिन उनीसँगै धरहरा चढ्ने सञ्जीव श्रेष्ठलाई थाहा छ। सेतो पाटि