बैतडीमा दुलाहदुलही बोकेको जिप दु’र्घटना, १ को मृ’त्यु ११ जना घा’इते !

बैतडी,बैतडीको पाटनमा जन्ती बोकेको जिप दु’र्घटना भएको छ । महेन्द्रनगरबाट बैतडी तर्फ जादै गरेको सु प प्र ०२ ००१ ज ३७७ नं को बोलेरो जिप आज बिहान ६ बजेको समयमा दशरथचन्द राजमार्ग अन्तरगतको पाटन ६ स्थित घ’ट्टेगाडमा जिप दु’र्घटना भएको हो ।

दु’र्घटनामा परी एक जनाको ज्यान गएको छ । महेन्द्रनगरबाट बैतडी तर्फ जन्ती लिएर फर्किदै गरेको सु प प्र ०२ ००१ ज ३७७ नं को बोलेरो जिप दशरथचन्द राजमार्ग अन्तरगतको पाटन ६ स्थित घ’ट्टेगाडमा जिप दु’र्घटना हुदा बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ का ५५ वर्षीय देवदत्त जोसीको मृ’त्यु भएको हो ।

दुलाह दुलही सहित अन्य ११ जना घा’इते भएका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक राजेस शाहीले जानकारी दिनुभयो । उनिहरुको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ ।घा’इते मध्ये चालक तारन दत्त जोसीको अवस्था ग’म्भिर रहेको प्रहरीले जनाएको छ ।

उनलाई धनगढी रे’फर गर्ने तयारी भइरहेको छ ।जिप सडकबाट सय मिटर तल ख’सेको छ । दु’र्घटनाको कारण खुल्न सकेको छैन । मृतक जोसीको श’ब पो’ष्ट’मा’र्ट’मका ल्याउने तयारी भैरहेको घ’टनास्थलबाट पत्रकार बसन्त बिष्टले बताउनुभयो ।