‘तपाईंको मास्क खै ?’ कलंकीमा चेकिङ अभियान सुरू

काठमाडौं -प्रहरीले ‘तपाईंको मास्क खै ?’ अभियान सञ्चालन गरेकाे छ ।महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकी र महानगरीय प्रहरी प्रभाग कलंकीकाे संयुक्त पहलमा तपाईंको मास्क खै अभियान सञ्चालन गरेर यात्रुहरूकाे मास्क चे’किङ सुरू गरिएकाे हाे ।

सामुदायिक प्रहरी सेवा केन्द्र कुलेश्वर जनहितमा जारी सन्देशसहित अभियानमा हाे’मिएकाे छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकीका प्रमुख शंकर खड्काले उपत्यकाबाट बा’हिरिने र प्रवेश गर्ने सवारीसाधन तथा सबै नागरिकहरूलाई मास्क लगाउन र सु’रक्षित भएर यात्रा गर्न अभियान सञ्चालन गरिएकाे बताए ।

मास्क नलगाउने र अटेर गर्नेलाई कलंकी चाे’ककाे हाे’ल्डिङ्ग सेन्टरमा दुई घण्टा राखेर सम्झाई-बुझाई गर्ने तथा मास्क किन्न लगाएर छा’डिने गरेकाे कंलकी प्रहरी प्रमुख मिठ्ठु खड्काले बताए ।कंलकी चाेकवरपर मास्क नलाई हिँड्ने २१ जनालाई दुई घण्टा हाे’ल्डिङ्ग सेन्टरमा राखिएकाे छ ।अभियान अन्तर्गत चन्द्रागिरि, कंलकी लगायत स्थानहरूमा चे’किङ गरिने कंलकी ट्राफिक प्रमुख खड्काले जानकारी दिए ।