सामाजिक विकास मन्त्रालयद्वारा कोदोको र’क्सीलाई ‘ब्रा’न्डिङ’ गर्न कार्यदल गठन

विराटनगर । प्रदेश १ सरकारले नेपाली घ’रे’लु म’दि’रा (कोदोको र’क्सी) ब्राण्डिङ्ग, बजारीकरण तथा प्रवद्र्धनको विषयमा सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ ।सामाजिक विकास मन्त्रालयले प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लो’क्सोमको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदलको सदस्यहरुमा प्रदेश योजना आयोग सदस्य मिना भण्डारी, मुख्यमन्त्री शेरधन राईका आर्थिक सल्लाहकार महेन्द्रबहादुर गुरुङ, स्नातकोत्तर क्याम्पस विराटनगरका सहप्राध्यापक डिल्लीकुमार प्रसाई, प्रदेश कृषि निर्देशनालयका प्रमुख प्रकाश डाँगी, सामाजिक विकास मन्त्रालयका उपसचिव अम्विकाप्रसाद चौलागाईं रहेका छन् ।

त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव कमलकुमार थापा, प्रदेश योजना आयोगका अधिकृत राकेश निरौला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सहायक वनस्पती अधिकृत राजेश तामाङ कार्यदलमा रहेका छन् । कार्यदलको सदस्य सचिवमा सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत निर्मल भट्टराई रहनु भएको छ ।

कार्यदललाई सामाजिक विकास मन्त्री उषाकला राईले अघि बढाएको ‘व्या’ण्ड भ’र्सेस ब्रा’ण्ड’ अवधारणा कार्यान्वयनका लागि सम्भाव्यता अध्ययनको जिम्मेवारी दिईएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । कार्यदलका सदस्यलाई कार्य जि’म्मेवारी सहित ४५ दिन भित्रमा मन्त्रालयमा प्र’तिवेदन पेश गर्ने जि’म्मेवारी दिईएको छ ।