खोप केन्द्र बनाउदै जापन

१३ बैशाख २०७८, सोमबार टोकियो। जापानले विश्वका अन्य कयौं देशमा देखा परेको जस्तो वि’ष्फो’टक संक्रमण टा’र्न सकेको भए पनि सु’स्त खोप वितरणका कारण आ’लोचना पनि व्य’होरेको छ।

खोपका कारण आलोचना भएपछि जापान सरकारले टोकियो र ओसाकामा ठूलो खोप केन्द्रहरु खोल्ने योजना बनाइरहेको छ। खोप कार्यक्रमलाई तीव्र बढाउनका लागि आगामी हप्तामै त्यसो गरिने भन्दै भिबिन्न सञ्चार माधयम बाट जनकारी प्राप्त भएको छ।खोप केन्द्र खोले सँगै यसमा एक दिनमै करिब १० हजार जनालाई खोप लगाउन सकिने जनाइएको छ।

टोकियोमा काम गर्ने होस् अथवा, बसोबास गर्ने ,सबैका लागि खुला रहने अधिकारीहरुले बताएका छन्। यस्ता केन्द्रहरुमा जापानको आत्मरक्षा बलका तालिम प्राप्त कर्मचारीहरुले खोप लगाउन सघाउनेछन्। हालसम्म जापानका करिब १ प्रतिशत जनसंख्यालाई मात्रै खोप लगाइएको छ।

हालैका दिनमा संक्रामक भाइरसको संक्रमणमा भएको वृद्धिका कारण सतर्कता बढेको छ र केही क्षेत्रमा स्वास्थ्य कर्मचारी र अस्पतालमा शैय्याको चरम अभाव को सामना गर्नु परेको छ। जापानले यसै महिना ६५ वर्ष वा सो भन्दा बढी उमेरका मानिसहरुका लागि खोप लगाउन शुरु गरेको छ। अन्य उमेर समूहका जनताले खोप लगाउन केही समय पर्खिनुपर्ने देखिएको छ।

स्वास्थ्य मन्त्री नोरिहिसा तामुराले जुलाईको अन्त्यसम्ममा वृद्धवृद्धाह?लाई लगाउन पर्याप्त खोप सुनिश्चित गरियो भने ६५ वर्ष भन्दा मुनिका जनसंख्यालाई सोही महिना खोप लगाउन शुरु गरिने बताएको क्योदो न्यूजले एक रिपोर्ट प्रकाशित गरेको छ। टोकियो ओलम्पिक शुरु हुन तीन महिनाभन्दा कम समय बाँकी रहँदा जापानले आइतबारदेखि टोकियो, ओसाका र अन्य दुई प्रिफेक्चरमा आपतकाल लगाएको छ।