भारतबाट गाउँ फर्किएकी २८ वर्षीया महिलाको मृ’त्यु भएपछि ते’छाडा गाउँ सिल

डोटी, १४ वैशाख – जिल्लाको शिखर नगरपालिका–१ अन्तरगतको तेछाडा गाउँ सिल गरिएको छ । केही दिन पहिले छिमेकी मुलुक भारतबाट कामगरी गाउँ फर्किएकी २८ वर्षीया जानकी नागरिकको मृ’त्यु भएपछि कोरोनाका कारण मृ’त्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सि’लगरिएको हो ।

वडाअध्यक्ष खडकबहादुर शाहीद्वारा हस्ताक्षरीत विज्ञप्ति प्रकाशित गरी सो गाउँको पूर्वतीरको गणेश नेगीको पसल, पश्चिम ढल्कना, उत्तरतीर चौपाता पिपल तथा दक्षिणतीर धौल्याल खोलासम्म सि’ल गरिएको जनाइएको छ ।यसैगरी उक्त गाउँबाट अर्को गाउँ जान तथा अर्को गाउँबाट उक्त गाउँमा आवत जावत गर्नमा यहि २० गतेसम्म ब’न्देज गरिएको छ ।

जिल्लामा पछिल्लो समय भारतबाट काम गरी घर फ’र्किएका ना’गरिक आउजे क्रम बढ्नुका साथै उनीहरु क्वा’रेन्टिन नबसि सिधै गाउँ जा’नथालेका कारण गाउँमा कोरोना सङ्क्रमण बढ्ने भन्दै स्थानीयबासीमा त्रा’स फैलिएको छ । जिल्लामा कम्तिमा पनि एक हजारभन्दा बढी नागरिक भारतबाट रो’जगारी गरी घर फर्किएको बताइएको छ ।(रासस)