चीनले भारतलाई भन्याे, ‘सहयाेगका लागि जुनसुकै बेला तयार छाैँ’​

काठमाण्डाै – चीनका विदेश मन्त्री वाङ यीले आफ्नाे देश भारतकाे मद्दतका लागि जुनसुकै बेला तयार रहेकाे बताउनुभएकाे छ ।

‘भारतलाई आवश्यक पर्दा चीन उसलाई सहयाेग गर्न जुनसुकै बेला तयार छ’, विदेश मन्त्री वाङ यीले भन्नुभएकाे छ । चिनियाँ कम्पनीले सरकारकाे मद्दतमा सक्रिय सहभागिता देखाएकाे उहाँले बताउनुभएकाे छ ।

अक्सिजन मेसिनकाे पहिलाे खेप भारत पुगेकाे पनि विदेश मन्त्री वाङ यीले बताउनुभएकाे छ ।भारतमा काेराेनाकाे दाेस्राे लहर तीव्र गतिमा फैलिएसँगै विश्वका विभिन्न देश भारतलाई सहयाेग गर्ने प्रतिबद्धता जनाउँदै अघि सरेका छन् ।

चीनका विदेश मन्त्रीले काेराेना सङ्कटकाे विषयमा भिडियाे कन्फ्रेसिंगकाे माध्यमबाट नेपाल अफगानिस्तान पाकिस्तान श्रीलङ्का र बङ्गलादेशका मन्त्रीसँग पनि चर्चा गर्नुभएकाे छ ।