कारुणिक दृश्य: अस्पतालको गेटअघि छोराले रुदै गु’हार मागिरहे, अटो रिक्साभित्रै आमाले संसार छोडिन

नयाँ दिल्ली । मंगलबार दिल्लीको एक कोभिड अस्पतालअघिको सडकमा का’रुणिक दृश्य देखियो । एक जना पुरुषको स’रदर व’ल्लभभाइ पटेल को’भिड विशेष अस्पताल गेटअघिको सडक पेटीमा आँखा टि’लपिलाइरहेका थिए ।

उनको आमाको शरीर अटो रिक्साभित्र स्थिर भएर ल’डिरहेको थियो ।२८ वर्षीय मुकुल व्यासले मंगलबार बिहान आमालाई अस्पताल ल्याएका थिए । भारत–तीब्बत सीमा प्रहरीले सञ्चालन गरेको सो अस्पतालको गेट खुलेन । उनले आमाको उपचारका लागि हा’रगुहार गरिरहे ।

उनले तीन घण्टासम्म हात जो’डेर आमाको उपचार गर्न सहयोग मागे । तर कोही उनलाई सहयोग गर्न तयार भएनन् । उनको भाइले आमाको छाती थि’चिरहेका थिए । तैपनि आमा स्थिर रहिरहिन्, र ५२ वर्षीया किरण व्यासले अ’न्तिम सा’स त्यही अटोभित्र लिइन् ।

‘तिनीहरूले मेरी आमालाई मा’रे । म आमालाई अहिले कहाँ लगेर जाने ? मैले घण्टौँसम्म यताउता गर्दै पर्खेँ । उनीहरू मेसेज, ह्वाट्सएप… जस्ता प्रक्रियाहरू पूरा गर्न भनिरहे । मैले रुदै सहयोग मा’गिरहेँ तर कोही आएन’, मुकुलले रुदै भने, ‘अहिले आमाको मृ’त्यु भइसक्यो ।’

अन्य विविध प्रक्रियासहित उनको आमालाई अस्पताल भर्ना गर्न जिल्लाको सि’फारिस चाहिने थियो । ‘कोही मर्न लाग्दा सयौँ प्रक्रियाहरू गर्न भ्याइन्छ ?’, उनले भने, ‘अहँ कसैले सहयोग गरेन… ।’यो प्रतिनिधि घटना मात्र हो । पछिल्लो समय भारतमा कोरोनाको दोस्रो लहरका कारण संक्रमण ती’व्र बनेसँगै संक्रमितले उपचार नपाउने स’मस्या वि’कराल बनेको छ ।

भारतको दिल्लीमा यसले अझ भयावह स्थिति बनाएको छ । सोमबार मात्र दिल्लीमा ३८० संक्रमितको ज्यान गएको थियो । त्यस्तै परीक्षण गरेकामध्ये ३५ प्रतिशतमा संक्रमण पो’जेटिभ आइरहेको छ ।(एनडीटीभीबाट)