आमा गुमाएको स्वीकार्न वर्षौँ लाग्छ : प्रशान्त तामाङ

काठमाडौं । गायक/अभिनेता प्रशान्त तामाङलाई मातृ शो’क परेको छ । प्रशान्त स्वयंले सामाजिक सञ्जाल फेसबुक मार्फत यस कुराको पुष्टि गरेका हुन् । आमा सँगको तस्बिर सेयर गर्दै उनले लेखेका छन्, “आमा गुमाउनु भनेको आजको भोलि हुने होइन । जे गुमाउनुपर्‍यो, त्यो स्वीकार्न वर्षौँ लाग्दछ ।” उनले मंगलबार दिउँसो तिर यो पोस्ट गरेका थिए ।

यद्यपि, आमाको नि’धन कहिले भएको भन्नेबारे भने उनले खुलाएका छैनन् । प्रशान्तले यो घडीमा आफूलाई बलियो रहन प्रेरित गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । प्रशान्तले सन् २००७ मा ‘इन्डियन आइडल सिजन ३’ को उपाधि जितेका थिए । गायन सँगै ‘गोर्खा पल्टन’बाट उनले नेपाली चलचित्रमा पाइला टेकेका थिए। उनी ‘परदेशी’, ‘निशानी’ लगायत चलचित्रमा अभिनेताको रुपमा पर्दामा देखिइसकेका छन् ।

गत वर्ष फिल्म ‘परदेशी २’ को छायांकन सकेर दार्जिलिङ फर्किएका प्रशान्तले नेपाल बसाईको क्रममा ‘आगो पिएर बाँच्ने’ गीत रेकर्ड गराएका थिए । ‘इन्डियन आइडल ३’ को विजेता भए पछि कयौं नेपाली गीतमा आवाज भरेका उनी ‘गोर्खा पल्टन, परदेशी, निशानी, अंगालो यो मायाको, धडकन’ फिल्मका नायक समेत हुन् ।