भारतमा एकैदिन थपिए ३ लाख ६० हजार संक्रमित

काठमाडौं : को’रोनाको हटस्पट भारतमा गएको २४ घण्टामा ३ लाख ६० हजार नयाँ कोरोना संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ ३हजार २९३ जनाको मृ,त्यु भएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै भारत मा को’रोनाबाट संक्रमित हुनेको कुल संख्या १ करोड ७९ लाख पुगेको छ भने को’रोनाबाट मृ,त्यु हुनेको संख्या २ लाख नाघेको छ। को’रोनाबाट २ लाखभन्दा बढीको मृ,त्यु हुने भारत चौथो राष्ट्र बनेको हो।

त्यस्तै, भारतको असाम केन्द्रविन्दु भएर बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भारतको राष्ट्रि भूकम्प मापन केन्द्रका अनुसार ६.४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले असामका केही स्थानमा जमिन फुटेको र घरहरू चिरा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। अन्य क्षतिको विवरण भने आइसकेको छैन। स्थानीय समय अनुसार बिहान ७ ः ५८ बजे गएको भूकम्प गएलगत्तै दुई वटा ठुला परकम्प गइसकेका छन्।

समाचारका अनुसार ४.३ र ४.४ रेक्टर स्केल मापन गरिएको परकम्प गएको हो। २९ किलोमिटर मुनि केन्द्रविन्दु रहेको भूकम्पले करिब ३० सेकेन्ड हल्लाएको स्थानीयले जनाएका छन् । भूकम्पको महसुस बिहार राज्य, पश्चिम बंगाल, असाम, मेघालय, नागाल्यान्ड तथा अरुणाञ्चल प्रदेशमा पनि भएको थियो। त्यस्तै सिक्किमसँग जोडिएको नेपाल सिमानासम्म पनि भूकम्पको धक्का महसुस भएको थियो।