भैरहवा विमानस्थलबाट उडान भर्ने एयरलाइन्सलाई छुट दिइने मन्त्री भट्टराईको घोषणा

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने एयरलाइन्सलाई पार्किङ, ल्याण्डिङ चार्जमा छुट दिइने बताएका छन् ।शनिबार राजधानीमा आईएमई समूहले आयोजना गरेको सलाम एयरको दैनिक उडान तालिका सार्वजनिक कार्यक्रममा बोल्दै भट्टराईले केही समयपछि सञ्चालनमा आउन लागेको भैरहवास्थित विमानस्थलमा सला एयरलाई आकर्षित गर्न छुट दिने बताएका हुन ।उनले भने, ‘भैरहवा विमानस्थलबाट अन्तराष्ट्रिय उडान भर्ने सबै विमानलाई पनि इन्धन सस्तोमा दिन सकिन्छ, पार्किङ र ल्यान्डिङ चार्जमा पनि छुट दिन सकिन्छ ।’

उनले त्यहाँबाट वैदेशिक रोजगारीमा जाने नेपाली कामदार निकै रहेकाले उनीहरुलाई पनि सहज हुने बताए ।नेपाल विश्वको लागि उत्कृष्ठ गन्तव्य बनि रहेको उल्लेख गर्दै भट्टराईले सलाम एयरले नेपालमा उडान थप्नु प्रशंसनीय भएको बताए ।सन् २०२० मा नेपालमा २० लाख पर्यटक ल्याउने योजना रहेकोमा त्यासका लागि सलाम एयरले सहयोगी भूमिका निर्वाह गर्न सक्ने मन्त्री भट्टराईको विश्वास थियो ।अहिले त्रिभुवन विमानस्थल प्रयोग गरेर आउने पर्यटक वर्षेनी ७ प्रतिशतले बढेको उल्लेख गर्दैै यो बढाउन आवश्यक रहेको बताए । त्यसको लागि भौतिक पूर्वाधार आवश्यक रहेको बताए ।

उनले गौतम बुद्ध विमानस्थल यो वर्षको डिसेम्बरमा पूरा हुने बताए । उनले अहिले ८० प्रतिशत काम सम्पन्न भएको समेत जानकारी दिए ।त्यस्तै पोखरा विमानस्थल पनि सन् २०२१ जुनसम्म सकिने बताए । उनले भने, ‘पोखराको विमानस्थल त ६ महिना अघि नै सक्ने तयारीमा रहेका छौं ।’ अहिलेसम्म ४५ प्रतिशतमा सकिएको उनको भनाइ छ ।