प्राइम सहकारी पोखराका संस्थापक अध्यक्ष जोशीको कोरोना सङ्क्रमणबाट मृ’त्यु

पोखरा- पोखरा स्थित प्राइम सहकारी संस्थाका संस्थापक अध्यक्ष अनिल जोशीको कोरोना सङ्क्रमणबाट मृ’त्यु भएको छ । जिल्ला सहकारी सङ्घ खोटाङका अध्यक्ष तथा खोटाङमा सञ्चालित लालुपाते सहकारी संस्थाका अध्यक्ष समेत रहेका जोशीलाइ वैशाख–५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि वैशाख–६ गते अस्पताल भर्ना गरिएको थियो ।

सहकारीकै कामको सिलसिलामा पोखरा आएका जोशीलाइ कोरोना सङ्क्रमण देखिएपछि पोखरामा उपचार गराउँदा गराउँदै गए राति मृ’त्यु भएको हो । मृ’तक जोशीको श’व पोखरास्थित नेपाली सेनाको शव व्य’वस्थापन टो’लीले व्यवस्थापन गर्ने तयारी गरेको जनाइएको छ ।

चैत–२५ दिक्तेलबाट विराटनगर हुँदै पोखरा आएका जो’शीलाइ विराटनगर हुँदा सामान्य रु’घाखोकी लागेको पारिवारले जनाएको छ ।पारिवारिक स्रोतका अनुसार रु’घाखोकीले च्या’प्दै गएपछि पोखरामा स्वा’ब परीक्षण गर्दा जोशीलाई को’रोना सङ्क्रमण पुष्टि भएको हो ।

थप समाचार –नेपालमा आज थप ४९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार १२५९७ जनामा गरिएको पीसीआर परिक्षण र ९३६ जनामा गरिएको एन्टिजेन परिक्षणमा मा ४९२८ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पिसिआरबिधिबाट ४८३१ जना र एन्टिजेन बिधिबाट ९८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै पछिल्लाे घण्टामा रोपोर्ट प्राप्त मृ’तकको संख्या ३५ जना र २४ घण्टा भित्रमा ज्यान गु’माउनेको संख्या २६ रहेको मन्त्रालयले जनाएको छ ।यससँगै मृ’तकको कुल संख्या ३ हजार २४६ पुगेको छ ।

यस्तै देशभर हाल सक्रिय संक्रमित ३४ हजार ११७ पुगेको छ । त्यस्तै सिन्धुलीमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ४७ जनाको स्वाब परीक्षण गर्दा बिहीबार १७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको सिन्धुली अस्पतालका कोभिड–१९ फोकलपर्सन डा. सागर देवकोटाले जानकारी दिनु भयो ।

उहाँका अनुसार कमलामाई नगरपालिकाको ९ जना, दुधौली नगरपालिकाको ६ जना, मरिण गाउँपालिकाको १ जना र सुनकोसी गाउँपालिकाको १ जनामा सङ्क्रमण पुष्टि भएको हो । बिहीबार १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भए सँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५५ पुगेको छ ।

त्यस्तै लुम्बिनी प्रदेशमा ६६९ स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्। लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयको तथ्याङक अनुसार हालसम्म १२ वटा जिल्लामा ६६९ स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन् भने ६४८ जना संक्रमण मुक्त भएका छन्। हाल प्रदेशमा १६ जना सक्रिय संक्रमित रहेका छन् भने ५ जना स्वासथ्यकर्मीहरुको मृ’त्यु भएको छ।

सुर्खेत जिल्लामा दुई जना, दाङ, पाल्पा रुपन्देहीमा एक÷एक जना स्वास्थ्यकर्मीको मृ’त्यु भएको छ। सबै भन्दा बढि बाँकेका स्वास्थ्यकर्मी संक्रमित भएका छन् भने हाल दुई जना स्वास्थ्यकर्मीहरु मात्र सक्रिय संक्रमित रहेका छन्। १५९ जनामा संक्रमण फैलिएको थियो भने १५७ जना निको भइसकेका छन्।

उच्च स्वास्थ्यकर्मी संक्रमण भएको दोस्रो जिल्ला रुपन्देही रहेको जसमा ११३ जना संक्रमित भएका थिए। सरकारले लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा डा.विकास देवकोटालाई नियुक्त गरेको छ ।नवनियुक्त सचिव देवकोटाले प्रदेश मन्त्रालयको पहिलो सचिव हुन पाउँदा खुशी लागेको र स्वास्थ्य क्षेत्र सुधारका लागि कामगर्न आफु प्रतिवद्ध रहेको बताउनुभयो ।

उहाँले सबै प्रदेशहरुमा छुट्टै स्वास्थ्य मन्त्रालय हुनुपर्छ भनी माग गरिरहेकोमा लुम्बिनीमा मन्त्रालय निर्माण हुनुले अन्य स्थानमा पनि ढोका खुलेको बताउनुभयो । उहाँले १/ २ दिनमा आफुले पद सम्हाल्ने बताउनुभयो । देवकोटा हाल स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख हुनुहुन्छ ।