साउदी राजकुमार सलमान भन्छन्ः कुरान नै हाम्रो संविधान हो

साउदीका राजकुमार मोहम्मद बिन सलमानले मुस्लिम धर्मग्रन्थ कुरान नै आफ्नो देशको संविधान भएको बताएका छन्। उनले कुरान हिजो पनि देशको संविधान भएको र अहिले तथा भविष्यमा पनि कुरान नै संविधान रहिरहने बताएका हुन्।

उनले भनेका छन्,‘मैले पहिल्यै पनि भनेको थिए कुरान हाम्रो संविधान हो र अहिले पनि यथावत् छ। र यो आगामी दिनमा सँधैभरी संविधान रहनेछ।’ साउदी अरब पछिल्लो समय महिलाहरु प्रति उदार हुँदै गएको देखिएको छ। त्यसमा राजकुमार सलमानले प्रशंसा पाएका छन्।

तर पत्रकार जमाल खसोग्जीको हत्यापछि भने उनको लोकप्रियता गुम्दै गएको छ। उनले बुधबार राष्ट्रिय टेलिभिजनमा कोरोना महामारी लगायत विभिन्न विषयमा आफ्ना भनाइ राखेका थिए। उनले भारतसँग साउदीको सम्बन्ध राम्रो भएको बताएका थिएभने देशमा कर बढाउने विषय अस्वीकार गरेका थिए।