कुनै बेला कोरोनाको इ’पिसेन्टर बनेको न्युयोर्क सिटी जुलाई १ देखि शतप्रतिशत खुल्ने

कुनै बेला कोरोना महामारीको इ’पिसेन्टर बनेको न्युयोर्क सिटी जुलाई १ बाट शतप्रतिशत खुल्ने भएको छ । कोरोनाबिरुद्धको भ्या’क्सिन लगाउने कार्य तीब्र गतिमा भइरहँदा मेयर बिल डे ब्ला’जिओले जुलाई १ बाट न्युयोर्क सिटी पूर्णरुपमा खुल्ने घो’षणा गरेका हुन् ।

‘हामी स्टोरहरु खोल्न तयार भएका छौं । हामी हाम्रा व्यवसायहरु, कार्यालयहरु, थि’यटरहरु पूर्णरुपमा खोल्न तयार भएका छौं ।’ – मेयर ब्लाजिओले घो’षणा गरे ।एकबर्ष भन्दा लामो समयपछि न्युयोर्क सिटी पूर्णरुपमा खुल्न लागेको पहिलोपटक हो ।न्युयोर्क सिटीमा पहिलो शटडाउन सन् २०२० को मार्चमा सुरु भएको थियो ।

गतबर्षको मार्चको अ’न्तिमसातादेखि न्युयोर्क सिटी कोरोनाको इ’पिसेन्टर बनेको थियो । त्यो यता न्युयोर्क सिटीमा कोरोना महामारीबाट बुधबारसम्म ३२ हजार ४ सय ६१ जनाको ज्यान गएको छ भने ९ लाख २३ हजार ९ सय ५३ जनामा संक्रमण पुष्टी भएको छ ।

जुलाई १ बाट रेष्टुरेण्ट, जि’म, पसलहरु, हेयर शैलुनहरु पूर्णरुपमा खुल्नेछन् भने साना थि’यटरहरु समरभरीमा खुल्नेछन् । ब्रो’डवे पनि सेप्टेम्बरसम्म पूर्णरुपमा खुल्ने तयारीमा छन् ।बुधबारसम्म न्युयोर्क सिटीमा ६० लाख भन्दा बढी डोज कोरोनाबि’रुद्धको भ्या’क्सिन लगाइसकिएको छ ।

न्युयोर्क सिटीको ३६ प्रतिशतभन्दा धेरै बयस्क जनसंख्याले को’रोनाबिरुद्धको खोप पूर्णरुपमा लगाइसकेको छ । आधाभन्दा धेरै बयस्क जनसंख्याले कम्तीमा ए’कडोज भ्याक्सिन लगाइसकेको छ ।बुधबारमात्र गभर्नर एन्ड्रयु कुमोले मे महिनादेखि राज्यब्यापी रुपमा रेष्टुरेण्टहरुमा एकपटकमा बस्न मिल्ने ग्राहकका सन्दर्भमा ल’गाइएका प्र’तिबन्धहरु र बारमा बस्न लगाइएका रोकहरु ह’टाइने घो’षणा गरिसकेका छन् ।

मे ३ देखि न्युयोर्क सिटीहरुमा बारमा बस्न पाइने भएको छ । आ’उटडोर डाइनिङका सन्दर्भमा १२ बजेपछि खोल्न नपाइनेगरी लागु गरिएका नि’षेधहरु पनि मे १७ बाट ह’टाइनेछ । इन्डोर डा’इनिङका सन्दर्भमा १२ बजेपछि खोल्न नपाइनेगरी लागु गरिएका नि’षेधहरु मे ३१ बाट हटाइने भएको छ ।