निषेधाज्ञाको अ’वज्ञा गर्दा ३ जना का’रागार च’लान

भैरहवा : रुपन्देही जिल्लामा नि’षेधाज्ञाको अ’वज्ञा गर्ने आठ जनालाई पक्राउ गरी कारवाही गरिएको छ। जिल्लामा संक्रमणको ग्राफको बढेपछि स्थानीय प्रशासनले बिहीबारदेखि वैशाख ३० गतेसम्म नि’षेधाज्ञा लगाएको छ।

निषेधाज्ञाको अ’वज्ञा गरेर हिड्डुल गर्दा पक्राउ पर्नेमा काठमाडौँमा ५२ वर्षीय हरी शाही ठाकुरी, रुपन्देही मायादेवी गाउँपालिका २ का ३४ वर्षीय महेन्द्र कोहार, मायादेवी ४ का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका (भैरहवा) ८ का २८ वर्षीय श्याम दुबे, सिद्धार्गजगरका ९ का ३८ वर्षीय ईरशाद आलम, सिद्धार्थनगर ६ की २६ वर्षीय सविता खनाल, सोही स्थानका ३७ वर्षीय प्रितम कुवँर र ३४ वर्षीय प्रेम कुवँर रहेका छन्।

निषेधाज्ञाको अ’वज्ञा गर्नेलाई सम्झाई बुझाई गर्दा पनि डि’उटीमा प्रहरीलाई बा’धा अ’वरोध पुर्याउने आठ जनालाई पक्राउ गरी संक्रामक रो’ग ऐ’न २०२० को दफा ३ को उपदफा २ बमोजिम का’रवाही गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा डीएसपी एंव प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए।

पक्राउ परेकालाई आवश्यक कारवाहीका जिल्ला प्रशासन कार्यालय रुपन्देही पठाइएको थियो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले उनीहरु मध्ये ७ जनालाई जनही एक महिना कै’द वा सो बराबरको ज’रिवाना ९ हजार एक सय रुपैयाँ र एक जनालाई ६ सय रुपैयाँ ज’रिवानाको आदेश गरेका थिए।

जसमध्ये ५ जनाले कै’द र ज’रिवाना बापतको रकम दा’खिला गरेपछि छा’डिएको र अन्य ३ जना दिनेश यादव, श्याम दुवे र महेन्द्र कोहारले कै’द वा सो बराबरको जरिवना अनुरुप रकम न’बुझाउदाँ उनीहरुलाई स’जाए भु’क्तानका लागि भैरहवा का’रागारमा पठाइएको डीएसपी थापाले बताए।

त्यस्तै नि’षेधाज्ञा उ’ल्लंघन गर्ने एक हजार २० वटा विभिन्न सवारी साधन र एक हजार चार सय ७० जना (पैदल यात्री २ सय समेत) लाई ‘होल्ड’ गरी सम्झाई बु’झाई छा’डिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। अन्नपूर्ण