सत्ता जोगाउनकै लागि एमालेको उपहार : ‘गुन्डा’ लाई मन्त्री

गुन्डागर्दीमा दर्जनौं मुद्दासहित फौ’जदारी अभियोगमा जे’ल स’जाय भोगेका ‘गुन्डा नाइके’ राजीव गुरुङ उर्फ दीपक मनाङेलाई गण्डकी प्रदेशको एमाले नेतृत्वको सरकारले युवा तथा खेलकुद मन्त्री उपहार दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सहयोगी नेतामध्ये एक रहेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सत्ता जो’गाउनकै लागि मनाङेलाई मन्त्री नियुक्त गरेपछि चौ’तर्फीरूपमा एमाले र गुरुङको वि’रोध भएको छ। गु’न्डागर्दीमा चर्चा कमाएका मनाङेको अ’पराधकर्मको यात्रा ठमेलबाट सुरु भएको थियो।

ठमेलका दुई गुन्डा चक्रे मिलन र मनाङेले फरकफरक स्थानविशेषमा गु’न्डागर्दीमा राज गर्दै आएका थिए। चक्रे मिलन सुरुदेखि नै एमालेसँग नि’कट भएर गु’न्डागर्दी गर्थे भने मनाङे कांग्रेस, राजावादी, सं’घीय समाजवादी हुँदै एमाले प्रवेश गरेका हुन्। ०५०र५१ सालतिर ठमेलमा मनाङका मानिसले होटल तथा रेस्टुरेन्ट खोल्न थालेपछि मनाङेको दा’दागिरी सुरु भएको थियो।

हप्ता अ’सुली, ध’म्क्याउने र क’वाडी संकलन उनको प्रमुख पेसा बन्यो। उनको आ’पराधिक यात्रामा चक्रे मिलनबाहेक अरू कोही प्र’तिस्पर्धी नदेखिएपछि उनीहरूले क्षेत्र बाँडेर गु’न्डागर्दी गर्न थाले। होटल, रेस्टुरेन्ट, बारमा कहीं कतै भेट भयो भने ‘ग्या’ङ फा’इट’ पर्ने गरेको थियो।

०६८ सालमा भू’मिगतजस्तै भएका मनाङेलाई धेरैपटक प्रहरीले पक्राउ गर्दै मु’द्दा चलाएको थियो। प्रदेश सांसद भएकै बेला उनीमाथि प्रहरीले रे’ड नो’टिस पनि जारी गरेको थियो। मनाङेवि’रुद्ध अ’कुत सम्पत्ति आ’र्जन गरेको अ’भियोगमा सम्पत्ति शु’द्धीकरण विभागले विशेष अदालतमा मुद्दासमेत चलाएको थियो तर उनले स’फाइ पाए।

करिब २५ वर्षदेखि राजधानीको गु’न्डागर्दीमा सं’लग्न भए पनि उनको दे’शव्यापी नेटवर्क थियो। गु’न्डागर्दीसँगै उनले ठे’क्कापट्टा, होटल, डा’न्सबार र रेस्टुरेन्ट सञ्चालन गर्थे। अ’पराधकर्ममा रमाए पनि मनाङे पछिल्लो पटक आफूलाई समाजसेवीका रूपमा चिनाउने गर्थे। यो समाचार नागरिक दैनिकमा छ ।

राजनीति गरे सबै प्रकारका अ’पराधबाट मु’क्ति पाइन्छ भन्ने अ’भिप्रायले राजनीतिक दलमा छि’रेका मनाङेले बिहीबार मन्त्री बनेपछि सांसद जि’त्ने भनेकै मन्त्री बन्न हो भन्ने अ’भिव्यक्ति दिएका छन्। ‘अ’पराध लु’काउने थ’लोको रूपमा राजनीति प्रयोग भएको छ। यसले राजनीतिलाई राम्रो बनाउँदैन, स’ङ्लो बनाउँदैन।

यस्ता व्यक्ति राजनीतिमा आउँदा राजनीति आफैं ल’जाउँछ’, नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल ठकुरीले मनाङेको नि’युक्तिबारे छोटो टिप्पणी गरे। नवराज सिलवाल, देवेन्द्र सुवेदी, सर्वेन्द्र खनाल, पुष्कर कार्की, रमेश खरेललगायत नेपाल प्रहरीका त’त्कालीन दर्जन अधिकारीले मनाङेलाई पक्राउ गरेर मु’द्दा च’लाएका थिए।