काभ्रे जिल्लामा पनि निषेध आदेश जारी

जिल्लामा कोरोना संक्रमण दैनिक वृद्धि हुन थालेपछि उपत्यकासँग सीमा जोडिएको जिल्ला काभ्रेका केही स्थानमा निषेध आदेश जारी गरिएको छ । जिल्लामा दैनिक ५० जनाको हाराहारीमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले आइतबार राति १२ बजेबाट लागू हुने गरी ती स्थानमा निषेध आदेश जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यलय काभ्रेले जारी गरेको आदेशमा अरनिको राजमार्गको साँगादेखि बनेपा– धुलिखेल–पाँचखाल हुँदै दोलालघाटसम्म सडकको दाँया–बाँया ५ सय मिटर, बनेपादेखि नाला भगवतीसम्म सडकको दाँया–बाँया ५ सय मिटर, बनेपा– पनौती– खोपासी सडकको दाँया–बाँया ५ सय मिटर, बीपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभञ्ज्याङ– भकुण्डे हुँदै मंगलटारसम्म सडकको दाँया–बाँया २ सय मिटर र पाँचखालको जिरोकिलोदेखि कुन्तावेशीसम्म सडकको दाँया–बाँया २ सय मिटर सम्म निषेध आदेश जारी गरिएको छ ।

शनिबार बिहानसम्म काभ्रेमा सक्रिय संक्रमितको संख्या तीन सय ३८ पुगिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले काभ्रेलाई कोरोना संक्रमण उच्च भएको जिल्लाको रुपमा ‘रे’ड जो’न’मा राखेपनि संक्रमण नियन्त्रणको लागि प्रशासन र स्थानीय तह उ’दासिन देखिएका थिए ।

विवाह, व्रतबन्ध, भोजका नाममा दैनिक एक हजार जना भन्दा बढीको भी’ड हुने गरी पार्टी प्यालेसहरु सञ्चालनमा आएपनि प्रशासनले रो’क लगाउन सकेको थिएन । सरकारले पहाडी जिल्लामा सृकय संक्रमितको संख्या दुई सय भन्दा ना’घे प्रमुख जिल्ला अधिकारीलाई निषेध आदेश जारी गर्ने अधिकार दिएको थियो ।

वैशाख १५ गते नै जिल्लामा सक्रिय संक्रमितको संख्या दुई सय १ पुगिसकेको थियो ।जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला विपद् व्यवस्थापन समितिको बैठकका सहभागीले जिल्लामा भी’ड र संक्रमण नियन्त्रणको लागि ठोस निर्णय गर्न अनुरोध गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने सार्वजनिक यातायातमा चाप कम भइसकेको, पार्टी प्यालेसहरुलाई पनि सचेत गराइसकिएको दा’बी गर्दै परिस्थितीको मुल्याकंन गरेर मात्रै निषेध आदेश जारी गर्ने बताउदै आएका थिए ।स्थानीय तहहरु पनि प्रशासनको निर्णयको पर्खाईमा थिए । भी’डभाड हुने गतिविधि नगर्न, सामाजिक दुरी कायम गर्न, सु’रक्षित हुन अनुरोध गर्ने बाहेक स्थानीय तहले थप क’दम चालेका थिएनन् ।

जनप्रतिनिधिहरुले विवाह, व्रतबन्ध जस्ता भी’डभाड हुने समारोहमा सहभागी भएर ब’धाई ज्ञापन गरिरहेका थिए । संघीय सरकारले भौतिक उपस्थितीमा कक्षा सञ्चालन नगर्न विद्यालयहरुलाई निर्देशन दिएपनि जिल्लाको न’मोबुद्ध लगायत केही पालिकाका निजी विद्यालले त्यसको पालना गरेका थिएनन् ।