बिदाको दिनमा निस्किएका सरकारी गाडीसहित निषेधाज्ञा उ’ल्लंघन गर्ने १२३८ सवारी साधन कारवाहीमा

काठमाडौं । बिदाको दिनमा निस्किएका सरकारी गाडीसहित निषेधाज्ञा उ’ल्लंघन गर्ने एक हजार २३८ वटा सवारी साधनलाई प्रहरीले कारवाही गरेको छ ।

निषेधाज्ञामा कडाइ गर्ने नीति अनुसार शनिबार सडकमा निस्किएका सरकारी गाडीलाई होल्ड गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।प्रजिअ पराजुलीका अनुसार नि’षेधाज्ञाको समयमा समेत सडकमा सवारी साधनको चाप बढेपछि चे’कचाँजमा क’डाइ गरिएको छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा चे’कजाँचमा क’डाइ गरिएको उनले बताए ।प्रजिअ पराजुलीले भने, ‘आइतबारबाट नि’षेधाज्ञामा अझै कडाइ गर्दै लगिनेछ ।’यसैबीच काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीको टोलीले उपत्यकाका विभिन्न स्थानमा निरीक्षणसमेत गरेको छ ।

निषेधाज्ञा पालना भए नभएको निरीक्षण गरिएको पराजुलीले बताए । यस्तै टोलीले वीर अस्पतालमा पुगेर कोरोना संक्रमितको उपचारको अवस्थालगायतका विषयमा जानकारी लिएको छ ।कोरोना संक्रमण तीव्र रुपमा बढेपछि काठमाडौं उपत्यकामा बिहीबारदेखि एकसाताका लागि नि’षेधाज्ञा जारी गरिएको छ ।