हरे भगवान कस्तो दिन आयो, एउटा जीवन बचाउन अर्को मृ’त्यु कु’र्दैछ टेकु अस्पताल !

काठमाडौं- ७५ वर्षीया सासु आमालाई लिएर नखिपोटदेखि एम्बुलेन्समा हुँइकिँदै शुक्रराज ट्रपिकल तथा स’रुवारोग अस्पताल टेकुमा आइपुगिन् सुनुकुमारी थापामगर।

अस्पतालको आकस्मिक सेवाको ढोकामै आइपुगेको एम्बुलेन्सलाई त्यहाँका चिकित्सक र सु’रक्षागार्डले रोकेर सोधे ‘के तपाइँले पहिले नै फोन गरेर अस्पतालमा बे’ड छ कि छैन भनेर बुझ्नु भएको हो? तपाइँलाई कस्ले यहाँ पठाएको?’ सासु लिएर अस्पताल आएकी सुनुमाथि स्वास्थ्यकर्मीहरुले प्रश्नको वर्षा नै गरे।

जसले सुनु केहीबेर अ’लमल परिन्, केही जवाफ दिनै सकिनन्। तर स्वास्थ्यकर्मीका प्रश्न सकिएनन्, बरु थपिँदै गए। तर अहँ सुनु बोलिनन्। त्यसैले स्वास्थ्यकर्मीले आफैं प्रश्नलाई बिट मारे र उनलाई सम्झाउँदै भने – हेर्नुस्, यहाँ ठाउँ नै छैन। यहाँ राखेर उपचार गर्ने ठाउँ नै छैन। त्यसैले तपाईँको बि’रामीलाई अर्कै अस्पताल लैजानुस्।

स्वास्थ्यकर्मीले यसो भनिरहँदा सुनुको फोनमा तारन्तार फोनको घण्टि बजिरहेको थियो। उनले फोनमा के भनिन् कसैले सुन्न सकेनन्। किनकी उनको आवाज निकै सानो थियो। ठूलो स्वरमा बोल्ने ताकत पनि सकिँदै थियो। फोनमा जसरी बोलिन्, उसैगरी मलिन् स्वरमा उनले भनिन्, ‘मेरो श्रीमान् पनि यहीँ भर्ना भएका छन्।

म ललितपुरदेखि आएको हुँ। सासू आमालाई गाह्रो भएको कारण कसैलाई नसोधि सिधैं यहीँ आएँ।’ अस्पतालमा शै’य्याको अ’भावका कारण कति वि’रामीलाई आकस्मिक कक्षमा भित्र राख्ने अलमलमा परिरहेका चिकित्सकहरुले वि’रामीका आफन्तहरुलाई पहिले नै सावधान गर्ने गरेका छन्।

त्यसैले एक चिकित्सकले सुनुलाई राम्रोसँग सम्झाए, ‘हेनुस्, यहाँ सबै बेड भरिसकेको छ। विषेशगरी आ’इसियु र भे’न्टिलेटर। अहिले सबै अस्पतालमा बेडको अ’भाव छ। यसरी एक्बुलेन्समा अस्पताल भौ’तारिरहँदा बि’रामीलाई अक्सिजनको कमीले जे पनि हुनसक्छ।

अरु अस्पतालमा शै’य्याको अवस्था के छ भनेर बुझ्ने समयमा यहाँ राखेर अक्सिजन दिन हामी सक्छौ। तर वि’रामीको ग’म्भीर अवस्था आए यहाँ आईसियु र भेन्टिलेटरमा राख्न नसक्ने हुनाले अन्त बुझ्नुस् र पछि लिएर जानुस्।’ तर सुनुले एक्लै सासूलाई अस्पताल लिएर आएकी थिइन्।

त्यसैले अ’न्यत्र लाने कुरा उसले सोच्न सकिनन्। सुनुको परिवारमा दुई जनालाई मात्र होइन कोरोना संक्रमण भएको। उनी आफैँ पनि संक्रमित हुन् भने उनका छोरा पनि संक्रमित छन्। बैशाख १२ गते कोरोना संक्रमणकै कारण उनको श्रीमानलाई टेकू अस्पतालमा भर्ना गरिएको थियो।

हालसम्म पनि अस्पतालमै उपचाररत छन्। आज सासूको पनि अवस्था नाजुक भएपछि आँ’त्तिदै टेकू ल्याइन्। यति मात्र होइन, उनको आफ्नै जन्म दिने आमा पनि कोरोना संक्रमणकै कारण विरेन्द्र सैनिक अस्पतालमा उपचाररत छिन्। ‘धन्न मलाई गाह्रो भएको छैन।

नत्र कसरी हेर्नु सबैलाई’, उनी भन्दै थिइन्। ३३ वर्षीय रमेश जोशीलाई स्वास फेर्न निक्कै गाह्रो भइरहेको थियो। विगत ८ दिन देखि ज्वरोले सताइरहेका उनलाई ए’क्कासी सास फेर्नै अफ्ठेरो भएपछि हतारिँदै अस्पताल आइपुगे। तर, उनले आकस्मिक कक्षमा प्रवेश पाएनन्। ऐठन भएझैं गरिरहेका उनी कहिले शै’य्या खाली होला भनेर पर्खिरहेका थिए।

त्यसो त उनले पहिलो मात्राको खोप पनि लगाएका थिए। ए’न्टिजेन्ट परीक्षण गर्दा पोजिटिभ देखाएको उनमा निमोनिया पनि देखिएको चिकित्सकले बताइदिए। बस्नेतजस्तै २९ वर्षीय सुवास ठकुरीको अवस्था पनि उस्तै। स्वा’सप्रस्वासमा समस्या देखिएपछि स्वयम् उनका बुबाले उनलाई अस्पताल ल्याएका थिए।

कोरोना संक्रमणको रिर्पोट देखाएपछि स्वास्थ्यकर्मीले उनाको अक्सिजनको मात्रा ना’पे। अक्सिजनको मात्रा ९९ हुनुपर्नेमा ७५ भएपछि तुरुन्तै उनलाई अक्सिजन चढाइयो। हिँड्न पनि राम्ररी नसकिरहेका उनी काँप्दै आकस्मिक कक्षमा छिरे। यस्ता हृ’दयविदारक दृश्य टेकु अस्पतालमा आजकल सामान्यजस्तै भइसकेका छन्।

अस्पतालको आकस्मिक कक्षभित्र थुप्रै वि’रामी अक्सिजन लिएर बसिरहेका छन् भने कोहि छ’टपटाई रहेका छन्। कोही आइसियुमा छन् भने कोही आइसोलेसन वार्डमा। सबै संक्रमितको हालत उस्तै छ। टाढाबाट हेरिरहेका अनि उनीहरूलाई कुरिरहेका आफन्त सबको अनुहार मलिन छ।

नेपालमा कोरोना संक्रमण दिन दुईगुना रात चौगुना बढिरहेको छ। हरेक दिन हजारौंको संख्यामा कोरोना संक्रमण पुष्टि भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्याङ्क अनुसार २४ घण्टामा ५७२७ जना संक्रमित भएका छन् भने ३३ जनाको मृत्यु भएको छ।

टेकु अस्पतालमा मात्र दैनिक स’मस्या लिएर पाँच देखि १० जना कोरोना संक्रमितहरु आइरहन्छ। तर शैय्याको अभावमा उनीहरुलाई अन्य अस्पतालमा जान अस्पतालले बा’ध्य भएर आग्रह गरिरहनुपर्छ। अस्पतालका प्रशासन प्रमुख नवराज गौतमका अनुसार ५० शैयाको अस्पतालमा बेडहरु थपेर ७० पुर्याइएको छ।

हाल भे’न्टिलेटरमा ११ शै’या, आ’इसियुमा २३ वटा, ३२ वटा अक्सिजन सहितको वार्ड र ५ वटा शैया भएको क्या’बिन छ। ‘अस्पतालको भौतिक संरचना अनुसार सकेको भन्दा पनि धेरै काम गरिरहेका छौं। आकस्मिक कक्षमा अझै पनि थप्ने विचार गरिरहेका छौं। इ’मिडिएट अक्सिजन दिन सक्ने र १-२ घण्टामा आराम गरेर डिस्र्चाज गर्न मिल्ने बि’रमीलाई सेवादिने विचार गरिरहेका छौं,’ उनी भन्छन्।

तर बि’रामीको चाप अनुसार शैय्या थप्ने भौतिक संरचना नभएको उनी बताउँछन्। ‘हामीले उपचार गर्न सक्दैनौं भनेर हात त उठाएका छैनौं, तर सकेसम्म सबैले उपचार पाउन् भनेर व्यवस्था मिलाई रहेका छौं,’ उनको दा’बी छ । विरामी भन्दा फरक छैन वि’रामीको हेरचाह गर्ने नर्सिङ स्टाफहरुको पनि।

भ्याइनभ्याइ छ। पछिल्लो समय कोरोनाको दोस्रो लहरले बढि युवाहरु संक्रमित भएका छन्। र मृ’त्युवरण गरिरहेका छन्। त्यसैले आँखै अघि फक्रँदै गरेका जीवन ढलेको देख्दा उनीहरू सम्हालिन सक्दैनन् । ‘सामान्य अवस्थामा आएका कोरोना वि’रामीहरुलाई पनि अक्सिजन चढाउनुपर्छ।

स्वास्थ्यमा सुधार आएको वि’रामी अचानक आइसियुमा पठाउनुपर्ने हुन्छ भने कति युवाहरुको मृ’त्यु पनि हुन्छ। यस्तो भयावह देख्दा कसरी रुन नआउनु,’ आइसोलेसन वार्डका नर्सिङ प्रमुख कमला पौडेल भन्छिन्। आफ्नो ज्यानको समेत प’रवाह नगरी काममा ख’टेको बताउने पौडेल सरकारी रवैयादेखि भने आ’जित छिन्।

र नेपालमा कोरोनाको यो अवस्था हु’नुमा सरकार पनि जिम्मेवार रहेको उनी ठान्छिन्। ‘हेर्नुस्, कति मान्छे थुपारेर कार्यक्रम भए, यत्रो कोरोनालाई उनीहरुले मजाक बनाए। यसमा सरकार र सबै राजनीतिक दल पनि दो’षि छन्,’ उनी भन्छिन्।

हरेक दिन घण्टौं वार्डमा ख’टिँदा बि’रामीको क्र’न्दन सुनेकी कमला कुनै दिन आफू पनि त्यस्तै अवस्थामा पुगिन्छ की भन्ने भय पनि मनबाट ह’ट्न सकेको छैन। किनकि उनलाई आफूमाथि विश्वास छ, तर अरुमाथि विश्वास गर्ने अवस्थानै छैन्।

‘जति दुःख सहेर भए पनि अस्पतालमा खटिँदा कम्तिमा हामी सा’वधानी अपनाउँछौं। तर बाहिरको अवस्था हेर्नुस् डरलाग्दो छ। घर जाँदा कतै बाटामा कसैले सारिदिन्छ की भन्ने पीर पनि लाग्छ।’ आयो मेल बाट