बालुवारटारले भिआइपीका लागि भन्दै शिक्षण अस्पतालमा आइसीयू बुकिङ गर्यो, कसलाई लाग्यो कोरोना ?

काठमाडौं । नेपालमा अहिले कोरोना भाइरस(कोभिड–१९) को दोस्रो लहरबाट आक्रान्त बनिरहेको छ । दिनुहँ ५ हजारभन्दा धेरै जनामा संक्रमण पुष्टि भइरहेको छ । संक्रमण देखिने अधिकांशमा कोरोनाको लक्षण देखिइरहेको छ ।

त्यसमा पनि सिकिस्त बिरामी हुने, अक्सिजनको सहयता चाहिने कोभिङ बिरामीको संख्या ठूलो रहेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिइरहेका छन् ।अहिले विभिन्न उच्च पदस्थ व्यक्तिहरु पनि कोरोना संक्रमणको मारमा परिरहेका छन् । शुक्रबार मात्रै खानेपानी मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार लगातयमा समेत कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको छ । यसैबीच बालुवाटारले त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा कोभिड तर्फको एक आइसियू कक्ष भीआइपीका लागि बुक गराएको छ ।

शिक्षण अस्पतालको विश्वस्त स्रोतले दिएको जानकारी अनुसार शुक्रबार साझँ बालुवारटारले भिआइपीका लागि भन्दै आइसीयू कक्ष बुक गरेको हो। ‘बालुवाटारको भिआइपीका लागि भनेर आइसियू बेड बुकिङ गरिएको छ, कसको लागि ?

भिआइपी कोभिड बिरामी को हो भन्ने बारेमा केही जानकारी दिइएको छैन’ स्रोतले बताएको छ । बालुवाटारमा प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश लगायतका भिआइपीहरुको निवास छ ।